म सङीतको डिपार्ट्मेन्टल स्टोर हु।गीतकार गोबिन्द प्रसाद उपाध्याय

इनेप्लिज २०७३ चैत ३० गते ०:१९ मा प्रकाशित

बर्तमान नेपाली सङीत बजारमा अत्यधिक चर्चित र कुशल लेखन शैलीका धनी गितकार गोबिन्द प्रसाद उपाध्यायले कोर्ने हरएक शब्दलाई स्रोता र दर्शकले अत्यधिक रुचाएको हामिले पाएका छौ। एक से एक गीत बजारमा आऊने क्रममा भर्खर आऊन लागेको “होल नाईट डान्स गरौ” भन्ने बोल को गीतले एक किसीम को तहल्का मचाउने अनुमान गरिएको छ। आफ्ना शब्दहरुलाई सधै नया नया प्रयोग गर्ने र सङितमा पनि गतिशिलता (Dynamism) हुनु पर्छ भन्ने गीतकार उपाध्यायले यो होल नाईट डान्स गरौ बोलको गीतमा पनी नया प्रयोग गर्नु भएको छ। गीत का शब्दहरु एकदम रोमान्टिक छन। पार्टीमा नाचु नाचु लाग्ने शब्दहरु प्रयोग गरिएको छ। यो गीतमा स्वर दिनु भएको छ युवा गायिका स्मिता घिमिरे , सङीत अनिश श्रेष्ठको छ भने सङीत सम्ज्योजन आमोश तामाङको छ।


गायिका स्मिता घिमिरे भन्नुहुन्छ मैले पार्टीको भावना बोकेको गीत गर्न मन लागेर यो गीत तयार गरेकी हु। एकदम रमाईलो छ गीत। मैले एकदम युनिक किसिमले गाउने प्रयास गरेकी छु । बिस्वासछ सबैले मनपराई दिनु हुनेछ।।यसको विडियो निर्देशक पासाङ योङ्जङ लामा हुनुहुन्छ भने कोरियोग्राफी प्रसान्त तामाङले गर्नु भएको छ। अनु शाह, अशिस्मा नकर्मि, निर्जन थापा , दीपक शर्मा को अभिनय छ।

गीतकार उपाध्याय ले हाल आएर बजारमा सबै किसीमका शब्दहरु कोर्ने गीतकार को रुपमा चिनिनुहुन्छ । हामि सङ को सानो कुराकानीमा वहा भन्नुहुन्छ म आधुनिक, गजल ,लोक पप, दोहोरी, चलचित्र गीत, आधुनिक पप,ज्याज, चाडपर्वका गीत जस्तै तीज , दशै तिहारगीत, लोक भाकाका गीत सबै लेख्न सक्षम छु त्यसैले मेरा शब्दहरु सङितका नया पुस्ता देखी पुराना पुस्ताको रोजाईमा परेका छन। म सङ सङितको जुन सुकै बिधाको शब्द तयार छन र हुन्छन। म सङीतको डिपार्ट्मेन्टल स्टोर हुन चाहन्छु। म कहा आएसी कोही रित्तै हात फर्कनु पर्दैन यो कुरामा सबै ढुक्क भए हुन्छ ।

आजभोली गीतकार उपाध्यायको लेखन शैलीबाट सबै प्रभावित भएको पाईयेको छ। गीतको शब्द कोर्नमा ब्यस्त रहेका उपाध्याय उपन्यास लेखन मा लाग्नु भएको जानकारी हामिले प्राप्त गरेका छौ। केहि चलचित्रको कथा पनि लेख्ने लागेको हामी सङ को भेटमा वहाले भन्नु भयो।
वहाको आगामी लेखन र सङीत जिवन को हाम्रो तर्फ बाट सुभकामना छ।

प्रतिक्रिया