भक्तपुरमा ग्यास चुहिएर राति आगलागी

इनेप्लिज २०७३ चैत २८ गते २:१५ मा प्रकाशित

भक्तपुर, २८ चैत । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ ।

श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्नलगायतका सामग्री जलेका छन् ।

स्थानीय बासिन्दा, प्रहरी र भक्तपुरबाट आएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीको क्षतिको पूर्ण विवरण भोलि मात्रै आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया