काठमाडौं, २७ चैत । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
प्रेरणाको स्वास्थ्यमा समस्या देखिएपछि चैत २५ गते शुक्रबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टनेशनल हस्पिटलमा भर्ना गरिएको थियो ।
उनलाई सेरिब्रल भेनस साइनस् थम्बोसिस (Cerebral Venous Sinus Thrombosis) भएको भन्दै अस्पतालले सोही बमोजिमको उपचार गरिरहेको जनाएको छ ।
नर्भिकको स्नायु रोग विशेषज्ञ डा. पंकज जलान तथा पूर्व अधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोर जङ्ग राणा प्रेरणाको उपचारमा संलग्न छन् ।
प्रतिक्रिया