सिमानामा काँडेतार अभियानको कतारबाट भयो घोषणा-कार्यक्रममा सहभागी हुन आईपुगे राष्ट्रवादी— नायक नवल खड्का

इनेप्लिज २०७३ चैत २५ गते २३:२७ मा प्रकाशित

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश विदेशमा रहेका नेपालीहरु तरङ्गीत हुन पुगेबाट सीमानामा पर्खाल लगाउनु पर्ने आवाज नितरन्तर बढ्दै गर्दा कतारमा कार्यरत नेपालीहरु काँडेतार लगाउन सबै नेपाली जुट्नु पर्ने भन्दै पत्रकार सम्मेलन गरि सिमानामा काँडेतार अभियानको शुभारम्भ गरिएको घोषणा गरेका छन ।

उक्त महा–अभियानमा हरेक राष्ट्रप्रेमी नेपाली नागरिक गोलबद्घ हुनु जरुरी रहको र नेपाल रहे नै हामी नेपाली रहने छौँ र शिर ठाडो पारेर बाँच्ने छौँ भन्ने धारणाका साथ गत ६ अप्रिल विहिबारका दिन कतारको सनैया स्थित ग्रीन रेष्टुरेण्टको सभाहलमा अभियानका संयोजक राजु डुम्रेको संयोजकत्वमा सिमानामा काँडेतार अभियान घोषणा कार्यक्रम सम्पन भएको हो ।

 

कार्यक्रममा नेपालबाट आमन्त्रीत नवल खड्काले प्रत्येक नेपालीले जन्मदै २० हजार रिण लिएर जन्मेको हुन्छ उक्त ऋणबाट मुक्त हुन नागरिकले चाहदा कुनै पनि कानुनी व्यवस्था राज्यले गर्न सकेको छैन भन्ने उदाहरण दिदैे सिमानामा काँडेतार लगाउन ठुलै कानुनी जटिलता रहेपनि त्यसका निम्ति यस समस्यालाई सरकारले प्रमुख प्रथामिकतामा राख्नु पर्ने र आर्थिक बजेट अपुग भएको खण्डमा जनतालाई दिइएको सेवा सुबिधालाई कटौती गरी सिमानामा सरकारले तारबार लगाउनु पर्ने बताए ।

सरकारले जनता नाममा आर्थिक र श्रमदानका लागी आव्हान गरेको खण्डमा त्यसको लागी जनता तत्पर रहेको कुरामा नायक खड्काले जोड दिए । यदि त्यो पनि गर्र्न सक्दैन सरकारले भने कानुनी अड्चनहरुमा सहजीकरण गरिदेओस काँडेतार लगाउन चाहिने आर्थिक र श्रमदान जुटाउन विश्वभरि रहेका अभियन्ताहरु सक्षम रहेको ठोकुवा गरे ।

सरकारले कानुनी बाटो नखुलाइ यो वा त्यो वहानामा जनताको अभियानलाई रोक्न खोजे देशको सुरक्षाका लागी जनताहरु विद्रोहमा उत्रने र देशको सिमानाको रक्षा आफै गर्ने छन भन्दै सरकारलाई यस विषयमा गम्भिर हुन चेतावनी दिए । जल, जमिन, जङ्गल, जलस्रोत र जनको सुरक्षा काँडेबारले गर्नेछ र हामीले थप सांस्कृतिक अतिक्रमणलाइ पनि रोक्नुपर्ने गम्भिर चुनौती रहेको कुरा बताए ।

उनले मतंव्यकै क्रममा, गर्दा सम्भव छ भन्दै यसमा संलग्न हुने सवै अभियन्ता हुन र विशेष गरेर सिमानामा बसोबास गर्ने नेपालीहरुलाई यस अभियानमा सामेल गराउनु पर्ने तथा सिमाना सुरक्षाका लागी समूहहरु गठन गर्न जरुरी रहेको बताए ।

उनले विगतको स्मरण गर्दै दशगजा, भिमदत्त चलचित्र बनाउंदा आफुले भोगेका पिडाहरु सबै माझ सुनाए र यो हामी सबैको साझा अभियान रहेको स्पष्ट पार्दै यो अभियान कतारबाट शुरु भएता पनि देश विदेशमा छरिएर रहेका संपूर्ण नेपालीहरुले पनि विश्वव्यापी रुपमा आवाज बुलन्द पार्नु पर्ने र यो अभियानमा साथ र सहयोगको लागि आव्हान गरे ।

यसै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै गैह्र आवसीय नेपाली संघ टास्क फोर्सका संयोजक धर्म केसीले सिमानामा प्रतिरोध गर्दा गर्दै गुमनाम बनाईएका बासुदेब शाहको जस्तै अबस्था गोबिन्द गौतमको नरहोस भन्दै कुनै पनि राजनितिक दलका नेताहरु आफ्ना कुटनैतिक मर्यादा बिर्सीएर छिमेकी सँग लम्पसार पर्नु देशको लागी चुनौती भएको बताए ।

उनले खुल्ला सिमानाकै कारण नेपालदेखी भारतका २३ विमानस्थलबाट अवैध रुपमा मानवतस्करी भईरहेको बताउदै साँस्कृतीक अतिक्रमण भौतिक अतिक्रमण भन्दा बढी खतरा हुने बताउदै नेपालीहरु भावनात्मक अतिक्रमित हुनुबाट पहिले बच्नु पर्ने बताउदै हराएका जंगे पिलरहरु बैज्ञानिक रुपमा पुर्नस्थापित गर्न अन्तराष्ट्रिय मापदण्ड अनुसार छुट्याइएको सिमानामा काँडेतार लगाउनु पर्ने जोड दिदै यस अभियानलाई हरेक राष्ट्रबाट त्यहाँ स्थित नेपालीहरुको समर्थन हुनु जरुरी भएको जनाए ।

यसै गरि बुद्धीजिवी बुधबल गुरुङले विभिन्न क्षेत्रबाट तथा देश—विदेशमा छरिएर रहेका हरेक नेपालीहरु संग हातेमालो गर्दै अभियानलाई आफुले पनि निरन्तर सहयोग गर्ने बताए भने नेपाली जनप्रगतिशिल मंच कतारका प्रमुख सल्लाहाकार होम नाथ शर्माले उक्त कार्य अतिनै राम्रो भएकाले आफुले हातमा हात काधमा काध साथमा साथ रहने उनले बताए ।

साथ कार्यक्रममा नेपाली जनसम्पर्क समिती कतारका पुर्व महामन्त्री धिरज चाम्लीङ्ग राई, अनेसास कतार र नवोदित वाचनलय कतारको तर्फबाट तिर्थ संगम राई, महिला समाज कतारकी अध्यक्ष सुस्मीता भुसाल, पत्रकार तिल विक्रम थेवे, पत्रकार महांसंघ कतार शाखाका गणेश बन्जाडे, नेपाली जनप्रगशिल मोर्चाका श्रीकृष्ण भट्टराई, जिल्ला संस्था समन्वय समितीका संयोजक तथा गोर्खा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, डि एन मगर लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको अभियानकर्ता सुशील कुँवरले संचालन गरेको औपचारिक कार्यक्रममा राष्ट्रिय गान सँगै सिमानामा मारिएका र नाला पानीमा मारिएका समेत ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारणा गरेका थिए ।
अभियन्ता डिल्ली राम भटराईले स्वागत मन्तव्य राखेको उक्तकार्यक्रम करिब तिन घण्टा सम्म चलेको थियो । उक्त कार्यक्रमको व्याबस्थापन समाज सेवी दिल भटराईले गरेका थिए भने अन्तमा संयोजक डुम्रेले अवधारणा पत्र प्रतुस्ती गरी कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।
अन्तराष्ट्रिय तदर्थ समिती गठन ।

संस्थाले कार्यक्रममा घोषण पत्र जारी गर्दै पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय तदर्थ समिती गठन गरेको छ जसमा कतार देखी क्रमसः अभियानकर्ता राजु डुम्रे (अन्तराष्ट्रिय संयोजक) साथैे नेपाल देखी राष्ट्रवादी नायक ÷ निर्माता नबल खड्का नेपाल संयोजक रहेका छन भने सुशील कँुवर मध्यपूर्व संयोजक तथा केन्द्रीय प्रवक्ता रहेका छन ।

प्रतिक्रिया