साधारणँ सभा भव्य हुने ।

इनेप्लिज २०७३ चैत २४ गते ७:३५ मा प्रकाशित

नेपालि जनसम्पर्क समिति अमेरिकाको अप्रिल २२ मा भर्जिनियामा सम्पन्न हुन गईरहेको साधारणसभा सम्पन्न गर्नको लागि विभिन्न च्याप्टर हरुले आफ्ना गतिविधि हरु सक्रिय वनाउन थालेका छन । यसै क्रममा वुधवार वसेको न्यूयोर्क स्थित नेपाली जनसम्पर्क समिति अमेरिका लंगआईलेण्डको वैठकले आफ्नो च्याप्टर साधारण सभाको पुर्ण सफलताको लागि जुटिरह्को र सोहि अनुसार कृयासिल रहेको जनाएको छ । आफ्नो च्याप्टरका कार्यसमितिका पदाधिकारि ,केन्द्रिय प्रतिनिधि ,सदस्य तथा तेस क्षेत्रका विभिन्न विभागका सदस्य हरु उपस्थित वृहत वैठकवाट साधारण सभा भव्य वनाउन सवैको पहल रहने निर्णय भएको हो । सधारण सभामा मा हुने विभिन्न विधान संसोधन लगाएतका विविध प्रकृयामा च्याप्टरको तर्फवाट राय प्रस्तुत गरिने जनाईएको छ ।

अमेरिकाको विभिन्न राज्यवाट आउने केन्द्रिय पदाधिकारी तथा सदस्यहरु , च्याप्टर सभापति लगाएतका सम्पुर्ण जनसम्पर्क समिति संग आवद्व र सम्वद्व अगुवा हरुको भेला ले काँग्रेस समर्थक लोकतन्न्र वादी साथिहरुमा पारस्परिक विश्वास ,एकता र सौहार्दतामा अभिवृद्वि हुन गै संगठन चलायमान र गतिशिल हुन जाने वैठकले ठहर गरेको छ ।च्याप्टर सभापति विश्वराज वाँस्तोलाको सभापतित्वमा सम्पन्न उक्त वैठकमा उपसभापति द्वय चित्र वहादुर केशी र होमनाथ गौतम , महासचिव विनिता भुजेल ,पूर्व सचिव सोमनाथ हुमाँगाई , कोषाध्यक्ष शिव वानिया ,संगठन विभागका केन्द्रिय सदस्य महेन्द्र शाह , सदस्य सुरेन्द्र वास्तोला सहितले साधारण सभा भव्य रुपले मनाउन सवैले आ-आफ्नो क्षेत्रवाट सकृय रहनुपर्ने कुरामा जोड दिनुभएको थियो , वैठकमा आफ्नो च्याप्टरको आगामि जुन ३ तारिकमा तिन वर्षे कार्यकाल समाप्त हुने भएकोले साधारण सभा लगत्तै केन्द्र सँग समन्वय गरि दोस्रो अधिवेशन गर्ने तर्फ ध्यान केन्द्रित गर्ने सहमति भएको छ ।

प्रतिक्रिया