उज्ज्वल के.सीद्वारा निर्देशित १५ वर्ष पुरानो फिल्मको गीत युटुबमा रिलिज भएको छ । निर्देशक के.सीका अनुसार पुरानो नेपाली फिल्म भए पनि चाडै सम्पादन मिलाएर पुरा फिल्म पनि युटुबमा अपलोड गर्ने बताएका छन् ।
चलचित्रको क्लाइमेक्सको केहि दृश्य छायांकन गर्न बाँकि रहेको अवस्थामा चलचित्रको नायिका श्रीषा कार्कीले आत्महत्या गरेकि कारणले चलचित्र अपुरो रही छायांकन गर्न बाँकिरहेकाले थन्किएको थियो । संयोगवस उक्त चलचित्रकै अर्का कलाकार इना हमाललेपनि आत्महत्या गरेकि थिईन् ।
अझ नमिठो पाटो त यस फिल्मका चरित्र अभिनेत्री शान्ति मास्के,गायक कुमार कान्छा,सम्पादक बिरेन्द्र कार्की र छायाँकार राजु मानन्धरको केहि समय अघि निधन भैसकेकोछ ।
निर्देशक के.सीका अनुसार यो फिल्ममा काम गर्ने ६ जना बितिसकेकाछन् । नेपाली कथानक चलचित्र ”यातना” सम्बन्धित छोटो बिबरण यस प्रकार रहेको छ ।
–
निर्देशन: उज्ज्वल के.सी.कलाकारहरु उज्ज्वल के.सी.,श्रीषा कार्की, बिनोद खरेल,बिना बुढाथोकी,शान्ति मास्के,दिपक क्षेत्री,मोहन मिश्र,अरुण रेग्मी,जुहार पाण्डे,शहदेव बानियाँ,इना हमाल,प्रकाश राज मानन्धर,बसन्त तिमल्सिना आदि रहेको चलचित्र ”यातना’ मा मोहन शाह,सिद्धार्थ शाक्य, राजु मानन्धर,प्रकाश श्रेष्ठको छायांकन रहेको थियो भने रोशन श्रेष्ठ,उदय सिंह बोहराको द्वन्द,न्ह्यू बज्राचार्य र मिलन मोक्तानको संगीत दिनेश पाख्रिन, प्रदिप रमण सिंहको नृत्य बि.बि.थापा र उज्ज्वल के.सी.को गीत कुमार कान्छा, सुमन शेखर मानन्धर र एन्जिला श्रेष्ठको स्वर र मन्दील श्रेष्ठले संम्पादन गरेका छन् ।
प्रतिक्रिया