विनोद न्यौपाने बेल्जियमका लागि पर्यटन दूत नियुक्त

इनेप्लिज २०७३ चैत १७ गते २१:५१ मा प्रकाशित

बेल्जियम । डेढ दशकदेखि बेल्जियममा रहेर सामाजिक क्षेत्रमा सक्रिय विनोद न्यौपानेलाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटन दूत नियुक्त गरेको छ ।
बेल्जियममा नेपालको पर्यटन विकास तथा प्रवर्धनका लागि भन्दै बोर्डले न्यौपानेलाई आगामी दुई बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो । नेपालमा गोरखा आरुआर्बाङ स्थायी घर भएका न्यौपाने प्रवासी नेपाली मञ्च बेल्जियमका संस्थापकमध्येका एक हुन् । बेल्जियममा उनले आफ्नै व्यवसाय संचालन गर्दै आएका छन् ।
मानार्थ दूत नियुक्त गरेकोमा पर्यटन बोर्डलाई धन्यवाद दिदै उनले मातृभूमिले दिएको जिम्मेवारीबाट आफू उत्प्रेरित र उत्साहित भएको बताएका छन् । बोर्डले दिएको जिम्मेबारीलाई कर्तब्यनिष्ठको साथ निभाउने न्यौपानेको प्रतिबद्धता छ ।

बेल्जियमबाट अहिले बर्षेनी ३ हजार पर्यटक नेपाल घुम्न आउन गरेका छन् । युरोपियन मुलकमध्येबाट बेल्जियम सबैभन्दा कम पर्यटक नेपाल आउने देशमा पर्छ । त्यसैले बेल्जियमका पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाउन नेपाली दूतावास, एनआरएन, सामाजिक संघसंस्था तथा मिडियासँग मिलेर काम गर्ने न्यौपानेले बताए । नेपाल रहँदा पर्यटन क्षेत्रमा काम गरेको अनुभव भएकाले मानार्थ पर्यटन दूतको भूमिका निर्वाह गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया