चरित्र अभिनयमा अब्बल मोडल तथा अभिनेत्री शिखा लिम्बु

इनेप्लिज २०७३ चैत १२ गते २२:३३ मा प्रकाशित

काठमाडौँ : पुर्बको सुन्दर शहर धरानकी स्थायी बासिन्दा शिखा लिम्बु चरित्र अभिनयमा अब्बल बन्दै गएकी छिन l अहिले काठमाडौँलाइ आफ्नो कर्मथलो बनाउदै आएकी शिखा सानै उमेर देखि कला क्षेत्र प्रति आकर्षित हुदै कलाकार बन्ने सौख बनाएकी मोडल तथा चरित्र अभिनेत्री शिखा लिम्बु अहिले नेपाल टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य टेलीचलचित्र हाक्का हाक्की मार्फत दिनानुदिन चर्चित हुदै गएकी छिन l लाहुरे परिवार भित्रकी शिखा लिम्बु सानै उमेर देखि कलाकार तथा मोडल बन्ने सोख भए पनि आफ्नो घर परिवार संगै लण्डनमा नै बस्दै आएकी थिइन l दशकौ देखि लण्डनमा बस्दै आएको भए पनि आफ्नो कला क्षेत्र प्रतिको मोहलाइ त्याग्न नसकेको कारणले गर्दा उनि फेरी अन्तत कलाकारितामा नै आफ्नो भबिष्य खोज्दै नेपालमा आएर सिनेमा संसार अर्थात मोडलिङ क्षेत्रमा संघर्षरत छिन l

आधा दर्जन म्युजिक भिडियोमा समेत कुशल अभिनय गरेर मोडलिङ क्षेत्रमा आफ्नो उपस्थिति देखाइसकेकी शिखा जिबन्त अभिनय गर्न सक्ने खुबी भएकी अभिनेत्री हुन l अभिनय, नृत्यमा पोख्त शिखा मिलनसार तथा हसिलो स्वभावकी छिन सधै भरि कलालाई सम्मान गर्दै अरुको मन चित्त नदुखाई कला क्षेत्रमा अघि बढ्ने सोच लिएर यो क्षेत्रमा प्रवेश गरेकी मोडल तथा चरित्र अभिनेत्री शिखा भविष्यमा कलाकारिता क्षेत्रमानै चर्चित भएर आफ्नो क्षमता, अभिनय, कलालाइ सम्पुर्ण दर्शक सामु पुर्याउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली कला अनि नेपालीपनलाइ चिनाउन लागि पर्ने कुरा उनि बताउछिन l काम प्रतिको लागाब अनि सम्माननै मोडल तथा अभिनेत्री शिखा लिम्बुको बिलक्षण प्रतिभा समेत हो र कामप्रतिको लगाव र इमानदारिता नै स्थापित हुने मुख्य हतियार पनि हो l

प्रतिक्रिया