काठमाडौं । पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा चर्चित मोडेल तिर्सना बुढाथोकीले आफ्नै गायन, अभिनय र निर्देशनमा ‘म त छु है गोरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
हट मोडलका रुपमा आफ्नो परिचय बनाउन सफल तिर्सना कलाकारिता क्षेत्रमा प्रबेश गरेसँगै एउटा भिन्न यात्रा लिएर अधि बढी रहेकी छन् भने त्यति मात्रैमा सिमित नरही गायन र निर्देशनसम्म पुगिसकेकी छन् ।
र उनी एक सफल नायिका पनि हुन् । उनको पछिलो फिल्म “पहिलो मान्छे” प्रदर्शनमा आउन लागेको बताइन् । हाल उनी युरोप र अमेरिकामा भ्रमणमा छिन् । उनी भन्छिन्– म जहाँ भए पनि यो मन त मेरो नेपाली हो र नेपालकै माया गर्छु ।
जस्तोसुकै पहिरनमा पनि अब्बल देखिने तिर्सनाको यात्रा अभिनयसंगै गायन र निर्देशनतर्फ राम्रैसँग मोडिएको छ भन्दा फरक नपर्ला ।अभिनयमा जस्तै गायन र निर्देशनमा पनि उत्तिकै सफल बन्ने चाहाना आफ्नो रहेको उनले बताईन् । हालै तिर्सनाले एक उत्कृष्ट राष्ट्रप्रति समर्पंण गरिएको र्यापलाई आधार बनाएर आफनो अफिसिय युट्युब च्यानल मार्फत ‘म त छु है गोरी’ बोलको गीत स्वर्वाजनिक गरेर बजारमा ल्याएकी छन् ।
दुई सयभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी र तीजदेखि गीत गाउन सुरु गरेकी तिर्सनाले न्यूज ‘म त छु है गोरी’ बोलको गीत आफ्नै प्रोडक्शन हाउस ‘तिर्सना सिने प्रोडक्शन हाउस’ मार्फत निर्माण तथा निर्देशन समेत गरेकी छन् ।
उक्त गीतका शब्द, संगीत, स्वर तिर्सना आफैले भरेका छन् । सम्बो चालिसेले छायाँन्कन गरेका हुने भने रबिन बिकेले सम्पादन गरेका हुन् । मायाँ, प्रेम र उत्तेजक गीतहरुमा मोडल बनेर चर्चामा आएकी तिर्सना आफैंले गाएका गीत भने सांस्कृतिक, धार्मिक, राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ ।
‘पेसेवर कलाकार भएकाले जस्तो गीतमा पनि मोडलिङ गर्नुपर्ने हुँदा मेरो छवि त्यस्तो बन्न गयो, तर म आफैंले गाउँने गीत र निर्माण गर्ने म्युजिक भिडियो भने उत्तेजक नभएर सन्देशमूलक छन्, हुनेछन्’ उनले भनिन् ।
भिडियोः
https://www.youtube.com/watch?v=wwDKsq9tqIg
प्रतिक्रिया