मार्च २३ ,घरमा पालेको कुकुरको सांघातिक टोकाईबाट ८ महिनाको बालकको बिहिवार दिउसो मेरिल्याण्डको लस्बीमा मृत्यु भएको खबर छ l कल्भर्ट काउन्टी को प्रहरी विभागले जनाए अनुसार १ बजे पछि कुकुरको आक्रमण को खबर पाउन प्रहरीहरु त्यहाँ पुगेका थिए l
अधिकृतहरु पहिलो खबर गरेको १ मिनेटमा पुगेका थिए भने तिनीहरुले अझ पनि बच्चालाई आक्रमण गरेको देखेका थिए l उनीहरुले आक्रमण रोक्न गोलि चलाएता पनि बालकको मृत्यु भै सकेको थियो l परिवारका साथीहरु बच्चालाई हेरी रहेको अवस्थामा कुकुरले आक्रमण खबर प्राप्त भएको जनाएको छ l
प्रहरीको अनुसन्धान जारी छ भने भोलि दिउसो शुक्रबार पत्रकार सम्मेलन गरिने भएको समाचार डब्लुटिओपी ले लेखेको छ l
प्रतिक्रिया