काठमाडौं । नेकपा एमाले अध्यग केपी शर्मा ओली राष्ट्रभक्तिको भाव भएको ‘म मर्न तयार छु’ बोलको म्यूजिक भिडियोमा देखिएका छन् । ओलीको जीवनमा आधारिक फिल्म ‘रातो सूर्य’मा देखिनुअघि नै उनी म्युजिक भिडियोमा देखिएका छुन् ।
तिलक बस्नेत र मनिषा राईको स्वरमा रहेको म्यूजिक भिडियोमा ओलीसंगै पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, पूर्वमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, पत्रकार ऋषि धमला आदिले पनि अभिनय गरेका छन् ।
गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत दिएका तिलक बस्नेतले भिडियो पनि आफै निर्देशन गरेका हुन् । केपी ओली अभिनित फिल्म ‘रातो सूर्य’ उत्पादनको क्रममा छ ।
प्रतिक्रिया