फोटो कन्टेस्टको नतिजा सार्वजनिक

इनेप्लिज २०७३ चैत ५ गते १२:०६ मा प्रकाशित

५ चैत, दमौली ।

ओइडिएमएल होली विषेश फोटो कन्टेस्टको नतिजा शनिबार सार्वजनिक गरिएको छ । कन्टेस्टमा एक सय उनासी प्रतिष्पर्धीलाई पछि पार्दै कन्टेस्टेन्ट नम्बर १८ नट्टी बतास केटा (फेसबुकमा) बिजयी घोषित भएका छन् । holi photo contest (3)बतासको फोटोमा कुल १८३१ फेसबुक लाइक मध्य १५२३ भ्यालिड लाइक प्राप्त भएको थियो । बतासले एक थान लाभाको एण्ड्रोइड मोबाइल फोन प्राप्त गर्ने छन् । यसैगरि १७४६ फेसबुक लाइक मध्य १३६८ भ्यालिड लाइक प्राप्त गर्दै कन्टेस्टेन्ट नम्बर ४ रोशन नेवार (फेसबुकमा) कन्स्टमा दोस्रो बनेका छन् । नेवारले एक थान पावर बैकं सहित विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

त्यस्तै कन्टेस्टेन्ट नम्बर १७, केसिका श्रेष्ठ र कन्टेस्टेन्ट नम्बर २३ कुमार राना मगर क्रमश तेस्रो र सान्त्वना भएका छन् । श्रेष्ठको फोटोमा १०१२ फेसबुक लाइक मध्य ८५६ भ्यालिड लाइक प्राप्त भएको थियो।holi photo contest (4)यसैगरि मगरको फोटोमा ८४३ फेसबुक लाइक मध्य ६७६ भ्यालिड लाइक प्राप्त भएको थियो। उनिहरुले क्रमश ३२ जिबि को मेमोरि कार्ड र १६ जिबि को मेमोरि कार्ड सहित विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्


तनहुँबाट सञ्चालित वेवसाइट, ओइडिएमएल डट कमले रङ्गहरुको पर्व, होलीको अवसरमा फोटो कन्टेस्टको आयोजना गरेको थियो । “होली खेल्नुहोस्, पुरस्कार जित्नहोस् -२०७३ होली विशेष फोटो कन्टेस्ट” नाम दिइएको कन्टेस्टमा होली खेल्दा वा होलीको क्रममा खिचेको फोटो समावेश गरिएको थियो ।

फोटो डट कमको फेसबुक पेजमा मेसेज गर्दा कन्टेस्टेन्ट नम्बर प्रदान गरिएको र सो फोटो सेयर गरी सर्वाधिक लाईक प्राप्त गर्ने फोटोलाई विजयी घोषणा गरिएको हो । व्यास २, दमौलीमा रहेको न्यु मोबाइल जोनले प्रायोजन गरेको कन्टेस्टमा २१४ जनाले भाग लिएकोमा योग्य १७९ जनाको फोटो समावेश गरिएको थियो । फोटो डट कमको फेसबुक पेजमा मेसेज गर्दा कन्टेस्टेन्ट नम्बर प्रदान गरिने र सो फोटो सेयर गरी सर्वाधिक लाईक प्राप्त गर्ने फोटोलाई विजयी घोषणा गरेको हो ।

प्रतिक्रिया