स्विटजरल्याण्डमा १०७ औं अन्तराष्ट्रिय नारि दिवस सम्पन्न !!

इनेप्लिज २०७३ फागुन २९ गते १६:२६ मा प्रकाशित

गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डको महिला फोरमद्वारा आयोजित १०७ औं अन्तररास्ट्रिय नारि दिवस आज ११ मार्च शनिवारका दिन स्विटजरल्याण्डको स्ताउफ़न लेंजबर्गमा सम्पन्न भएको छ । “परिवर्तनको लागि साहसी”-लैङ्गिक समानतामा होनहार एकता हुनुपर्छ ” ( BE BOLD FOR CHANGE ;PROMISING SOLIDARITY IN Gender Equality )भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्घोषण गैह्रआवासीय नेपाली संघ स्विस कि उपाध्यक्ष सिमा गौतम अर्यालले गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व संघ कि सदस्य तथा महिला फोरम स्विटजरल्याण्डको अध्यक्ष शुभा एल्मर लामाले गर्नु भएको थियो भने कार्यक्रममा नेपाली दुताबास स्विटजरल्याण्डका राजदुत श्री दिपक धिताल प्रमुख आतिथि रहनु भएको थियो । त्यस्तै गरि बिशेष अतिथि गैह्र आवासीय नेपाली संघ यु ए यी का महिला फोरम संयोजक कल्पना राई र अतिथिहरुमा एनआरएनए स्विसका अध्यक्ष हिराबल गुरुङ, स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुक्स्तुल, नेपालीहरु मध्य पहिलो नेपाली स्विटजरल्याण्डमा भित्रिनु भएको बिन्धु स्टाइनमान पाण्डे रहनु भएको थियो ।

रास्ट्रियगान बाट सुरु भएको औपचारिक कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि,बिशेष अतिथि तथा अतिथिहरुले संयुक्तरुपमा पानसमा बत्ति बालेर गरिएको थियो । कार्यक्रमको सुरुवातमा देवान्सी अर्यालले “लाली गुराँस अजम्बरी” भन्ने गित गएकी थिइन् भने उपस्थितिलाइ महिला फोरम कि सदस्य अमिना श्रेष्ठले स्वागत गरेकि थिइन् ।

अतिथि स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुक्स्तुलले पहिलो अन्तराष्ट्रिय नारि दिवस डेनमार्क, अस्ट्रिया, जर्मन र स्विटजरल्याण्डले मनाउन सुरुवात गरेको जानकारी गराउंदै अहिलेको स्थितिमा लगभग नारि र पुरुषको समानता बराबरी हुन आएकोले भविस्यमा नारि दिवस मनाउनु भन्दा पनि समाजमा अरु कुनै आवस्यक पर्ने कार्यक्रम गर्न राम्रो हुने बताएका थिय ।

त्यसै गरि अरु उपस्थित अतिथिहरुले १०७ औं नारि दिबसको शुभकामना दिंदै आगामी दिनमा महिला ससक्तिकरण र अधिकारको लागि आफ्नो आफ्नो ठाउंबाट सबै लाग्नु पर्ने बताएका थिए । बिशेष अतिथि महिला फोरम संयोजक कल्पना राईले पहिलो प्रथम नारिले नारिलाइ सम्मान गर्नु पर्छ र हाम्रो समाजमा पिछडिएका नारिलाई अगाडी बढाउँन सके मात्र परिवर्तनको बाटो अपनाउन सकिने बारेमा बताउंदै नारिलाइ प्रोत्साहन गर्नु भएको थियो ।

त्यस्तै पहिलो चरणको औपचारिक कार्यक्रमको समापन पछि महिला फोरम स्विटजरल्याण्डको सदस्य बिजया भट्टद्वारा महिलामा पाठेघर सम्बन्धि समस्याका बारेमा गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डले गरेको सहयोग विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा फ्रान्स, जर्मन, अस्ट्रियाबाट पनि केहि नेपाली तथा नेपाल प्रेमी बिदेशीहरुको उपस्थिति हुनुका साथै जर्मनबाट पाल्नु भएकी गेल्मी शेर्पाले कार्यक्रममा “शिरमा सिरबन्धि” भन्ने नेपाली गीतको बोलमा आफ्नो नृत्य प्रस्तुत गर्नु भएको थियो ।

सम्पूर्ण आयोजना तथा ब्यबस्थापन गर्नु भएको महिला फोरम स्विटजरल्याण्डको अध्यक्ष शुभा एल्मर लामाले उपस्थित सबैलाइ धन्यबाद दिदै आगामी दिनमा पनि नारि ससक्तिकरण र अधिकारका लागि प्राप्त उपलब्धिलाइ संस्थागत गर्दै आवाज उठाइरहनु पर्ने स्विस नेपाल डट कम लाइ बताउनु भएको थियो ।

प्रतिक्रिया