तनहुँ समाज कतारले ग¥यो मृगौला पिडितलाई आर्थिक सहयोग ।

इनेप्लिज २०७३ फागुन २८ गते १६:३९ मा प्रकाशित

दोहा,सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सदभाव सबैमा तनहु सेवा समाजको अभियान भन्ने मुल नाराका साथ विगत केही वर्ष देखी कतारमा स्थापना भएको सक्रिय सामाजिक संस्था तनहुँ सेवा समाज दोहा कतारले तनहु स्थित स्थीसाभु¨भवतिपुर वाड नम्बर ६ का मृगौला पडित देब वहादुर थापालाई आर्थिक सहयोग गरेको छ ।

थापालाई समाजले एक कार्यक्रम विच उक्त रकम सहयोग गरेको समाजका अध्यक्षले बताएका छन । उक्त कार्यक्रम सस्थाका आजिवन सदस्य पुर्ण बहादुर विकको अध्यक्षता एक चियापान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम बीच थापालाई नेपाली रुपैया २९ हजार २ सय ५१ सहयोग गरेको छ ।

यसै गरि उक्त कार्यक्रमविच पिडीत विपन्नहरुलाई एक एक थान कम्बल समेत वितरण गरेको छ । उक्त कम्बल सोहि गाविस निवासी मन बहादुर थापा , देब बहादुर नेपाली , मोते सारु र भबिलाल विकलाई उक्त कार्यक्रम विच सस्थाले वितरण गरेको हो l

प्रतिक्रिया