अमेरिकाले सप्तरीमा भएको घटना प्रति अमरिकीे दूतावास काठमाडौँ मार्फत वक्तव्य जारी

इनेप्लिज २०७३ फागुन २५ गते २:१८ मा प्रकाशित

सयुक्त राज अमेरिकाले गत २०७३ फागुन २४ गते एक वक्तब्य निकाली सप्तरीमा भएको घटना प्रति अमरिकीे दूतावास काठमाडौँ मार्फत चिन्ता व्यक्त गरेको छ l उक्त वक्तब्यमा नेपालकाे केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्तरीमा प्रदर्शनकारीहरुको ज्यान जाने गरि भएको झडप प्रति सयुक्त राज्य अमेरिका गम्भीर रुपमा चिन्तित छ भनि उल्लेख गरेको छ l

उक्त वक्तव्यमा प्रत्येक व्यक्तिले आफ्नो राजनैतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो तर राजनैतिक बहसमा हिंसाले स्थान पाउनु हुदैन भनेको छ l नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौ भनि ध्यानाकर्षण गराएको छ l

यसै गरि उक्त वक्तब्यमा त्यसै गरि हामी सबै प्रदर्शनकारी र दलहरुलाई अहिंसात्मक रुपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह समेत गरेको छ l उक्त वक्तब्यमा नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटी रहेको देख्न पाउँदा हामी उत्साहित भएका छौ भनेको छ l

संबिधान कार्यन्वयन गर्ने र मुलुकका सवै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिस्चित गर्ने दिशामा यो महत्वपूर्ण कदम हो भनेको छ l यसको साथै नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडी बढ्दै गर्दा सयुक्त राज्य अमेरिका सवै नेपालीहरु संग सहकार्य गर्न कटिबद्ध छ भनेको छ l

प्रतिक्रिया