युएईमा लुट-२ प्रदर्शन हुँदै।

इनेप्लिज २०७३ फागुन २४ गते १९:३० मा प्रकाशित

 

 

नेपालमा फागुन १४ देखि प्रदर्शन भइरहेको चलचित्र लुट -२ आगामी मार्च ९ देखि युएईभरका हलहरुमा प्रदर्शन हुन लागेको वितरक समूह कन्सेप्ट भिजनका राजन अधिकारीले हिमालय अनलाइन मिडियालाई जानकारी दियका छन।

 

 

युएईमै धेरै हल भएको भक्स सिनेमा, स्टार सिनेमा, नोभो सिनेमा र बलिउड सिनेमाघरहरुमा एकसाथ प्रदर्शन हुन लागेको यो चलचित्रले धेरै नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने वितरकहरुले दावी गरेका छन ।

 

लुट-२ को टिकट अनलाइन मार्फत भक्स सिनेमाको वेब साइट मार्फत पनि बुक गर्न सकिने जानकारी दिँदै सम्पूर्ण युएईमा रहेका नेपालीहरुलाई चलचित्र बाट मनोरञ्जन लिन आयोजकहरुले आग्रह गरेका छन।

 

दुबई र अबुधाबीका हलहरुमा छक्कापन्जा प्रर्दशनको रेकर्ड लुट-२ ले तोड्ने वितरण समूह कन्सेप्ट भिजनका संचालक सालिक सुबेदीको रहेको छ ।

प्रतिक्रिया