युरोपियन भुमिमा डबली सन्ध्याको सानदार धमाका !!

इनेप्लिज २०७३ फागुन २४ गते ०:४७ मा प्रकाशित

गत फेब्रुअरी २६ तारिख जर्मनीको सुन्दर नगरी ब्रेमेनमा अन्तरास्ट्रिय कलाकार मन्च जर्मनिको आयोजनामा कार्यक्रमका संयोजक बेल गुरुङ द्वारा आयोजित डबली साङ्गितिक सन्ध्या तथा नेपाली गाएन क्षेत्रका धरोहरलाई सम्मान कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरिएको छ ।

कार्यक्र्ममा जर्मन स्थित कुट्नितिक नियोग बाट नेपाली राजदुत रमेश प्रसाद खनालको प्रमुख आतिथ्यमा अन्तरास्ट्रिय कलाकार मन्च युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्याल , एन आर एन जर्मनिका पधाधिकारी एबम अन्तरास्ट्रिय कलाकार मन्च जर्मनी साखाका संरक्षक लब थापा तथा विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरु बिध्यार्थी भाई बहिनिहरु र नेपालबाट समेत पाल्नु भएका आगन्तुक पाहुनाहरुका साथै दर्शकहरुको उपस्थितीमा कार्यक्रममा सम्पन्न गरियो ।

पोर्तुगल निवासी नेपाली गित सङ्गितिक क्षेत्रलाइ नजिकबाट निहाल्न सफल बहु प्रतिभाका धनी कलाकार देब लामा साथ भगवान भुजेलको शुमधुर प्रस्तुतिले कार्यक्रम लाई थप उचाईमा पुर्याएको आभाश भएको थियो । कलाकार देबगुरुङ्ले नयाँ तथा पुराना साङ्गितिक प्रस्तुतिले दर्शक दिर्घाहरुको माया संगाल्न सफल हुनु भयेको थियो । अर्का मिजासिला कालाकार सुमधुर स्वरका धनी भगवान भुजेलले कार्यक्रम ड्बली सन्ध्याको उध्घोसण गर्दै मिठा मिठा अनि व्यंग्यात्मक गजल हरुपस्केर कार्यक्रमलाई थप रौनकताले दर्शक दिर्घालाई तताएको थियो ।

त्यस्तै कार्यक्रममा बाल कलाकार मलिसा गुरुङ द्वारा भब्य स्वागत नृत्य प्रस्तुत गरेर आगतुक माहानु भाबहरु प्रती कृतज्ञता ब्यक्त गरिएको थियो भने साथमा ब्रेमन युनिभर्सिटी बाट आउनुभएका बिध्यार्थी कलाकारहरुले प्रहसन जुगल नृत्य पस्केर कार्यक्रलाइ भरपुर मनोरन्जनात्मक बनाएको दर्सकहरुमा चर्चा थियो ।

त्यस्तै कार्यक्रममा नेपाली गायेन क्षेत्रका साधाक ए पि सेर्पा लाई अन्तरास्ट्रिय कलाकार मन्च जर्मनी साखाका अध्यक्ष तथा युरोप महाशाखा अध्यक्ष तथा प्रतिनिधि द्वारा सन्युक्त रुपमा विशेष सम्मान प्रदान गरि नेपाली कला सास्कृतिक क्षेत्रमा विशेष योगदान पुर्याए बापत सम्मनित हुनुभएको थियो ।

सम्मान ग्रहण पश्चात सम्मानित व्यक्तित्व कलाकार ए पि सेर्पा द्वारा सुप्रसिद्ध कलाकार स्वर्गीय खेमराज गुरुङलाई स्मरण गर्दै वाहाको लोकप्रिय सुपर हिट गित * वारि जमुना पारी जमुना * गाएर भब्य रुपमा उपस्थित हुनुभएका दर्सकहरुलाइ नाच्न बाध्य बनाइ कार्यक्रमलाइ मनोरञ्जनको उत्कर्समा पुर्याएका थिए । भने उक्त डबली सन्ध्या कार्यक्रमको संयोजन आइ ए एफ जर्मनी साखाका अध्यक्ष बेल गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन काजी रानाले गर्दै समापन भएको थियो ।

प्रतिक्रिया