ममताको ममता सार्वजनिक
इनेप्लिज
२०७३ फागुन १४ गते १:४२ मा प्रकाशित
गीतकार ममता राईको एकल शब्दमा गायक/संगीतकार सविन लिम्बुको एकल संगीतमा राजधानीमा एल्बम “ममता” को एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” ले सार्वजनिक गर्नु भएको छ । प्रमुख अतिथिले गीतकार ममता राईको सफलताको कामना र उज्ज्वल भविष्यको कामना व्यक्त गर्नु भयो । गीतकार ममता राईले देशप्रतिको माया मोहका कारण विदेशमा रहेर रचना गर्नुभएको आफ्नो रचना नेपाली गीत संगीतप्रती समर्पित गर्नु भएको छ भने एल्बम बिक्रीबाट उठेको पैसाले अनाथ, असाहयहरूलाई दिने बताउनु भयो र आश्रम खोलेर दु:खीको सेवा गर्ने बताउनु भयो । आश्रम बनाउनकालागि आई बहादुर खालिङ्ग र सोमाया राईले लाखौं पर्ने आफ्नो जग्गा उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको थियोे । समारोहमा मकर बहादुर राई, अर्जुन खालिङ्ग राई, जस बहादुर राई, भुवन राई, जेनी राई, प्रकाश बहादुर राई लगायतले गीतकारका बारेमा बोल्नु भएको थियोे ।

संगीतकार,गायक तथा एरेन्जर सविन लिम्बुले एल्बम भित्रको गीत गाएर कार्यक्रममा सुनमा सुगन्ध दिएको थियो । एल्बमभित्र राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई, पूर्ण खालिङ्ग राई, सविन लिम्बु र यसोदा खालिङ्ग राई आदिको सुमधुर स्वर रहेको छ । एम सिरिजको उत्पादन ममता एल्बम सार्वजनिक समारोहमको के.के अधिकारीले संचालन गर्नु भएको थियो भने विर्सजन राईले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो ।
प्रतिक्रिया