जनसम्पर्क समिति वेलायतको प्रजातन्त्र दिवसमा डा. आरजु देउवा

इनेप्लिज २०७३ फागुन ९ गते ०:५९ मा प्रकाशित

 

लण्डन, फागुन ९ । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनामा नेपाली जनसम्पर्क समितिले प्रजातन्त्र दिवस मनाएको हो ।

कायर्क्रमका प्रमुख अथिति सभासद डा. आरजु देउवाले दिप प्रज्जलन गर्दै कार्यक्रम उदघाटन गरेकी थिईन । सहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गदै राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा  नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, भूतपूर्व गोर्खा सैनिकहरु, समाजसेवीलगायत अन्य जनसमुदायको वाक्लो उपस्थिति रहेको थियो ।

डा. देउवा प्रखुम अथिति रहेको कार्यक्रमको सभापतित्व जनसम्पर्क समितिका सभापति लोक गुरुङ्गले गरेका थिए । उक्त समारोहलाई समितिका सल्लाहकार सेरबहादुर सुनुवारले स्वागत मन्तव्य दिएका थिए ।

सभापति गुरुङ्गले वेलायत भ्रमणमा रहेकी डा. आरजु देउवालाई पुष्प गुच्छा दिएर कार्यक्रममा स्वागत गरेका थिए । त्यसै गरी लण्डनस्थित दूतावासका महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई वेलायत आगमनको स्वागत गर्दै उहाको कार्यअवधि सफलताको शुभकामना दिएका थिए ।

प्रमुख अथिति डा. देउवाले  पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल सरकारमा रहदा गोर्खाहरुको हकहित र समान अधिकारको निम्ति वेलायत सरकार समक्ष स्विकृती पत्र दिएको जानकारी गराउदै गैर आवसीय नेपालीहरुको राजनीतिक अधिकारको माग नेपाल सरकार समक्ष राख्ने बताईन ।

विदेशमा रहेका नेपालीहरु प्रजातान्त्रिक विचार प्रति आकर्षक हुन्छन् । उहाँहरुलाई दोहोरो नागरिकता राष्ट्रले दिन सके देश र विदेशमा रहेका नेपालीहरुलाई नै फाईदा हुने बताईन् । नयाँ सविधान डा्रफ्ट कमिटीका केहि कम्युनिस्ट नेताहरुले नेपाल छोडेर विदेश बस्ने, विदेशमा जागिर खाने त्यो भनेको गद्वार हो तिनीहरुलाई दोहोरो नागरिकता र राजनीतिक अधिकार दिन हुन्न भनेका कारण गैर आवसीय नेपालीहरुले जुन अधिकार नपाएको खुलासा गरिन् ।

नेपाली कांग्रेसले संसारकै जुनै ठाँउमा जागिर खान गएका नेपालीहरुलाई समान अधिकार दिन सदनमा प्रस्ताव राखिएको उल्लेख गरिन् । बेलायत जनसम्पर्कको खिचलो केन्द्रमा पुर्याउने र केन्द्रबाट चुनावी प्रक्रियाको निर्णय छिट्टै आउने विश्वास दिलाएकी थिईन् । लामो समयसम्म प्रवासमा रहदा आफ्नो भाषा संस्कृती लोप हुन सक्ने सम्भावना भएकोले यो विषयमा गम्भिरताका साथ नेपाल सरकार र राजनैतिक पार्टिहरुको ध्यानाकषर्ण गराउने जानकारी दिएकी थिईन् ।

विशिष्ट अथिति रहेका बेलायतका राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने–‘सरकारको क्षेत्रबाट कुटनीतिक क्षेत्रमा आफु दुई दशकयता प्रवाशमा रहदा गैर आवासीय नेपालीहरुले भोगेको कष्ठ र समस्याहरु बुझ्दै आईरहेका कारण नेपाल र नेपालीहरुको सामाजिक र आर्थिक विकासमा कसरी योगदान पुर्याउन सकिन्छ हजुरहरुको सुझाव सल्लाहलाई अत्यन्तै आदरपूर्वक मनन गरेर अगाडि बढन चाहन्छु ।’

 

मन्तव्यकै क्रममा एनआरएन बेलायतका बरिष्ठ उपाध्यक्ष मास्टर राष्ट्र राईले प्रजातन्त्रिक शासन व्यवस्थाको थालनी भएकोमा राष्ट्रको समृद्धिका निमित्त सहज मार्गको गन्तव्यमा पुग्न सकिने वताए ।


गैर आवासीय नेपाली संघ वेलायत तथा जनसम्पर्क समितिका सल्लाहाकार  शिवजी शेष्ठले भने–‘ सहिदहरुको बलिदानीलाई संझेर अगाडि बढ्न सकिए समाजमा परिवर्तन ल्याउन सकिन्छ ।’ आईसीसी सल्लाहाकार विश्व आदर्श पण्डितले विवादस्पद संस्थाको अन्त्य गर्न आफु जुन सुकै त्याग गर्न तयार भएको बताए ।

 

महामंन्त्रि राजकुमार त्रिपाटीले भने ’सहिदहरुले किन बलिदानी गरे र हामिहरुले निजहरुको सपना कति पुरा गर्यौ ? भनि फर्किएर हेर्नु पर्ने बताउदै प्रजातन्त्र दिवस मनाउदा सवै राजनीतिक पार्टि एकजुट हुनु पर्ने जिकिर गरे ।’ उपसभापति युवराज गुरुङ्गले तुरुन्तै जनसम्पर्क समितिको अधिवेशन भए संस्थाको विवाद अन्त्य हुने दावि गरेका थिए । एनआरएनए वेलायतको पूर्व अध्यक्ष योगेन क्षेत्रि, समितिका पूर्व अध्यक्ष विनोद मुक्तान,सुर्य नेम्बाङ्गले सकारात्मक विविध जिज्ञासा राख्दै समारोहलाई थप महत्वपूर्ण भुमिकादिएका थिए ।

 

महामन्त्री त्रिपाटीले सन्चालन गरिएको कार्यक्रमका सभापति गुरुङ्गले उपस्थितहरुलाई धन्यवाद व्यक्तै गदै औपचारिक रुपमा कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया