अमृता लिम्बुको पहिलो एल्वम लाई नमस्ते स्टुडियोको साथ

इनेप्लिज २०७३ फागुन ९ गते ०:४९ मा प्रकाशित
बाल कृष्ण भट्ट, काठमाडौं, फागुन ८ ।
पाँचथर रानी गाँउमा जन्मीएकी अमृता लिम्बु विगत ४ वर्ष देखि नेपाली संगितिक क्षेत्रमा पूर्वी पहाडी क्षेत्रबाट गायीका तथा मोडलको रुपमा उदाउदो तारा हुन् । केही समय अगाडी सम्म ३० वटा भन्दा वढी गित रेकर्ड गराई सकेकी अमृता ले केही नेपाली फिल्मीमा समेत गित गायकी छिन् । ५० को दर्शकमा स्थापना भएर १० बर्षे सशस्त्र दन्द्धको कारणले विस्थापित भई हाल पुनः स्थापना हुन लागेको नमस्ते रेकर्डीङ्ग स्टुडियो (डिल्लीबजार) को सहयोगमा अमृताको म त नुमापूmङ्ग  (सुन्दर पूmल)पो त ….भन्ने बोलको गितको म्यूजिक भिडियो हालै मात्र ललितपुरको गोदावरीमा छायाँकन सकिएको छ । एउटा केटीले आफ्नो प्रेमीलाई आकर्षण गर्न अपनाएको रोमान्ञ्चक दृष्य उक्त भिडीयोका देख्न सकिन्छ । प्रेमीको भुमिकामा निरज प्रधानले अभिनय गरेको उक्त भिडीयो युगल लिम्बुले निर्देशन गरेका छन् भने उक्त भिडीयो लाई दिपेन्द्र भट्टले खिचेका हुने । अर्जुन पोखरेल द्धरा संगित बद्ध उक्त गितमा जानु लिम्बुको शब्द रहेको छ ।
आफ्नु गायनमा आपैm मोर्डलिङ्ग गर्न उत्रिएकी ५ फिट १ ईन्च अग्ली २२ वर्षिय अमृता भन्छीन् देश विदेश बाट पनि कार्यक्रमहरुमा सहभागिता जनाउनको लागि अफर आईरहेको, आपूm चाडै नै हङ्गकङ्ग जान लागेको र उतै आफ्नो पहिलो एल्वम एक भब्य कार्यक्रमका विच विमोचन हुने उनले हामी लाई बताईन् ।
विभिन्न सामाजिक संधसंस्था संग आवद्ध भई काम गरी सकेकी अमृता कुनै पनि सामाजिक तथा राष्ट्रिय पहिचानको कामलाई आर्थिक उपार्जनको हिसावले सोच्न नहुने वताउछिन् । जनजाति परिवारमा हुर्केर उच्च शिक्षा हासिल गरिसकेकी उनी राम्रो नृत्य निर्देशिका पनि हुन्  ।
विभिन्न कन्र्सटहरुमा सधै ब्यस्त रहने अमृता लिम्बु लाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनी राम्रौ साथ मिलेको बताउँछिन् । पूmसर्दंको समयमा पत्रपत्रिका पढ्ने, गित संगित सुन्ने, नाच्ने तथा गाउने प्रबृतिकी अमृता विभिन्न नाटक तथा नृत्यको पनि तालिममा व्यस्थ रहेकि छिन् अमृता हाल मैतिदेवि काठमाडौंमा बस्छिन् ।

प्रतिक्रिया