अन्जु र मनोज को ऐतिहासिक युगल गीत “कस्तो माया लाईयो हजुर” -सत्यता-२ को भिडियो सार्वजनिक

इनेप्लिज २०७३ फागुन ५ गते २३:३३ मा प्रकाशित

पहिलो एल्बम “सत्यता “बाटै झण्डै आधा दर्जन अवार्ड हात पारेका चर्चित तथा आधुनिक सङीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ ले पनि सांगीतिक क्षेत्रमा दरो प्रभाव जमाएको थियो । दोस्रो एल्बमका गीतहरु अहिले सम्म पनी देशभरकै एफएम रेडियोहरुमा श्रोतको रोजाइमा परिरहेका छन् ।

 

दोस्रो एल्बमका गीतहरुबाट पनी धेरै अवार्डहरु पाउनु भएका गीतकार उपाध्यायले आफ्नो एल्बम सत्यता-२ मा अन्जु पन्त र मनोज राजलाई “कस्तो माया लाईयो हजुर” को बोल को गीतको भिडियो मार्फत फेरि साङितिक मिलन गराउनु भएको छ।

 

अन्जु : कस्तो माया लाइयो हजूर

मनोज : आँसु मात्र पाइयो हजूर

चोट मात्रै खाइयो हजूर –

 

 

थुप्रै अवार्डमा प्राप्त गर्न  सफल रचनाकार गोविन्द प्रसाद उपाध्यायको यो गीतले पनि धेरै अवार्ड प्राप्त गरेको छ । यस गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

 

गीतकार गोविन्दप्रसाद उपाध्यायको  एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरै पछि अन्जु र मनोजले एक साथ गाएका हुन् । यसरी अन्जु र मनोजकै कथालाई गितमा उन्ने र उनीहरुकै स्वरमा गाउन लगाउने अवधारणा भने गीतकार गोविन्दप्रसाद उपाध्यायको हो। वहा भन्नु हुन्छ सङितले सबैलाई नजिक गराउदछ। अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुट्नु हुन्न भनेर मैले एउटा योजना बनाएँ । दुबै जल्दा बल्दा कलाकार आफ्ना भावनालाई दुबैले मिलेर गाउन भनेर मैले गीत रचेँ, हरीले बेजोड संगीत भरे, अनी अन्जु र मनोजले उत्तिकै मार्मीक ढंगले गाए’, गीतकार गोविन्द भन्छन् ।

 

यस गीतको सङित हरि लम्सालको रहेको छ भने सङित सम्योजन किरन कडेल ज्युको रहेको छ।

 

यो गीतको भिडियोमा सागर र अनु शाह को प्रमुख भुमिका रहेको छ । सिनेमेट्रोग्राफर सुदिप बराल को क्यामरा रहेको भिडियोलाई चर्चीत युवा निर्देशक तथा नायक दिपक खाड ले विल्कुलै नयां ढंगबाट निर्देशन गर्नु भएको छ । युटुबमा वलेन्टाईन्सको दिनमा सार्वजनिक भएपछि यो गीतको भिडियो लाई ले पनि सबैको मन छोएको र अत्यधिक मन पराइेको छ।

 

म्युजिक नेपालले बजार मा ल्याएको यो satyataa -2 मा जम्मा  ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको  स्वर समावेश गरिएको छ ।

 

स्रोतादर्शक हरुको माया, उत्प्रेरणा नै सङीतको ठुलो अवार्डको रुपमा लिने उपाध्याय  स्रोतादर्शकहरुलेदिने अवार्ड को सधै भोको रहेको, र त्यहीनै  साङितिक् अवार्ड हो भन्नु हुन्छ । दर्शक स्रोतानै  प्रेरणाको स्रोत अनी मार्गदर्शक भएको बताउने गीतकार उपाध्याय  दर्शक स्रोतालाई  नै आफ्नो भगवान ठान्नुहुन्छ  ।

 

पहिलो एल्बममा समेटिएको अञ्जु पन्तले गाएको ‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको, कहाँ बिसाउँ कहाँ पोखौं व्यथा जिन्दगीको’ गीत स्रोताले अत्यधीक रुचाएको उपाध्यायले सुनाए ।

 

‘खासगरी म मानव जीवनका भोगाइहरु शब्दमा उतार्न चाहन्छु, दिलबाट लेखेको गीत दिलले नै मन पराउँछ’ उनले भने -त्यसैले मेरा गीतहरुले छोटो समयमा नै मलाई स्थापित गराए ।

 

गीतकार उपाध्याय बर्तमान नेपाली गीत संगीतको क्षेत्रमा चर्चित गीतकार हुन् ।उपाध्याय कै शब्ड रहेको यस सालको तीज गीत चलेछ मग मग बासनाले पनि सर्वोत्कृष्ट शन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो।

 

गीतकार उपाध्याय नयाँ एल्बम सत्यता–३ को तयारीमा जुट्नु भएको छ र यस एल्बम मा समेटीएको नया गीत “बहारमा रमाउने” को अडियो रिलिज भएको छ । अन्जु पन्तको सुमधुर आवाजमा रकेको उक्त गीतलाई गायकसंगीतकार कुसुम भट्टराईले सँगीत कम्पोज गरेका हुन् भने यसमा साहस शाक्यको एरेन्ज रहेको छ ।यो गीतलाई पनि स्रोताहरुले अत्यधिक मात्रामा रुचाउनु भएको छ।

 

अहिलेको पुस्ताले निकै मनपराईनु भएका गीतकार उपाध्याय “गीतकार संघ नेपालको” पुर्व कोषाध्यक्ष (Treasurer)  पनि हुनुहुन्छ। थुप्रै एल्बम र चलचित्रमा गीत लेखन ब्यस्त उपाध्याय गीत सङीत लाई अन्तिम समय सम्म निरन्तरता दिने सोचमा हुनुहुन्छ।

 

प्रतिक्रिया