नायिका तिर्सना बुढाथोकी चलचित्र पहिलो मान्छे मार्फत प्रमुख पात्रको रुपमा डेब्यु गर्दै
इनेप्लिज
२०७३ फागुन ५ गते ३:३४ मा प्रकाशित
काठमाडौँ : हट एण्ड सेक्सी मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी नायिका तिर्सना बुढाथोकी चलचित्र“पहिलो मान्छे” मार्फत प्रमुख नायिकाको रुपमा डेब्यु गर्दै छिन l हुनत उनले अभिनय गरेको यो चौथो चलचित्र हो तर प्रमुखपात्रको रुपमा प्रमुख नायिकाको रुपमा अभिनय गरेको भने उनको यो पहिलो चलचित्र हुनेछ l पछिल्लो समय हट एण्ड सेक्सीभनेर चिनिन भन्दा पनि एक राम्रो सफल मोडल नायिका तथा गायिका भएर राम्रो छबि बनाउदै अघि बढ्दै गरेकी नायिकातिर्सना बुढाथोकी निकै नै ब्यस्त बन्दै गएकी छिन l
नेपालमा दिन प्रतिदिन नेपाली चलचित्र निर्माणको क्रम बढ्दै गएको छ र धेरै नेपाली चलचित्र ब्यबसायिक रुपमा सफल पनिबन्दै गएका छन l पछिल्लो समयमा नेपाली चलचित्रहरुले दर्शकहरुलाई चलचित्र हलमा अत्याधिक रुपमा तान्न सफल भएकापनि छन् । यसर्थमा नेपाली चलचित्र उधोग दिन दिनानु दिन पनि फस्टाई रहेको छ भन्दा फरक नपर्ला ।
अहिलेकी चर्चित र व्यस्त रहेकी मोडल तथा नायीका तिर्सना बुढाथोकीलाई लिएर चलचित्र “पहिलो मान्छे” को शुटिंग अहिलेधमाधम भईरहेको छ। चलचित्र “पहिलो मान्छे”मा नायिका तिर्सना बुढाथोकीलाइ दोहोरो भुमिकामा देख्न सकिने भएको छ l
“पहिलो मान्छे” चलचित्रको कथा तथा स्क्रिप राईटर रिकुराज पाख्रिनको रहेको छ भने निर्देशक दिपक लामाले गर्दै आएका छन। यस चलचित्रको निर्मातामा सुदन धिताल रहनु भएको छ ।
तिर्सना बुढाथोकी नायीका र नायक सुशील क्षेत्रि मिथुन हमालको मुख्य भुमिका रहने यस चलचित्रमा नव कलाकार बब श्रेष्ठ पनिरहने छन् । पुर्ण मायाँ, प्रेम र एक्सनमा आधारित रहने यस चलचित्रमा एक धनि बाउको छोरीले एउटा गरिब परिवारकोकेटालाई मन पराए पछि चलचित्रले अर्कै रुप लिन्छ ।
पुर्ण ब्यबसायिक चलचित्र “पहिलो मान्छे”को सुटिंग धमाधम हुदै गरेको र काम पनि राम्रो हुदै गएको कुरा नायिका तिर्सनाबुढाथोकी बताउछिन l यस चलचित्र दशैं भन्दा अगाडिनै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी गराएको छ ।
प्रतिक्रिया