पानी अभियान सहयोगार्थ जागे दक्षिण कोरियामा नेपालीहरु

इनेप्लिज २०७३ फागुन ३ गते १३:०५ मा प्रकाशित
पानी अभियानको सहयोगार्थ दक्षिण कोरियामा रहेका युवा सामाज सेवी श्री निमेष कुमार ओलिको नेतृत्वमा ” मान वन पानी अभियान ” एक हप्ते स्वस्फूर्त कार्यक्रम शुरु
भएको खबर प्राप्त भएको छ । तिर्खाएका आत्माहरुले पानी पाउनुपर्छ भन्दै ” मान वन पानी अभियान “का नेतृत्वकर्ता निमेष कुमार ओलिले यो कार्यक्रम शुरु भएको दिनमै 4 लाख कोरियन वन भन्दा बढी रकम जम्मा भएको जानकारी दिनु भएको छ ।उहाँ पानी  अभियानमा सहयोग गर्नको लागि  हरेक समुदायलाई अपिल गर्दै लेख्नु भएको छ ।
*#पानी_अभियानलाई_सहयोग_गरिदिन_हार्दिक_अपिल *
                      (मात्र मान वोन)
पढाईको सिलसिलामा आफ्नो जन्मभुमी छोडेर पनि देश र जनता प्रतिको मायाका साथै एउटा उत्तरदायित्त्व सम्झिदै तपाईं हामी जस्तै एक युबा मित्रलाल पार्दे (Mitra Lal Parday) अर्थात NRN पोल्यान्डका उपाध्यक्ष जसले पिउने पानीको अभाबमा छट्पटिएका जनताको लागी पिउने तथा सिचाईको लागी भनेर १ करोड रुपैयाँको कोष स्थापना  संसार भर अभियान छेड्नु भएको छ र उक्त अभियानलाई  राष्ट्रिय अन्तर्राष्ट्रिय  स्तरमा कलाकार लगाएत सर्बसाधारणहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ । त्यसैले हामिले पनि एउटा युबालाई प्रेरणा दिन दक्षिण  कोरियामा उहाँको करोड पानी अभियानलाई सहयोग गर्ने अभिप्रायका साथ “मान वन पानी अभियान “सन्चालन गर्दैछौ । यो अभियान मात्र १ हप्ता अर्थात एही फेब्रुअरी १९ तारिख साँझ १० बजे सम्म रहनेछ । एस अभियानलाई सहयोग गरी  एक युबाको रास्ट्र निर्माणका साथै पानीको अभाबले छट्पटिएका बुवाआमा दाजुभाई दिदीबहिनिहरुलाई साथ दिनुहुन हामी सम्पूर्ण कोरियामा बस्नुहुने नेपाली दाजुभाई दिदी बहिनिहरुलाई हार्दिक हार्दिक अपिल गर्दछौ ।
जसका लागी IBK बैंकको तल दिएको खातमा १०००० ₩ मात्र सहयोग गर्न सक्नुहुनेछ ।
IBK Bank
Code oo3
Oli Nimesh kumar
Acc no 63103106601010
एकै दिनमा धेरै भन्दा धेरै व्यक्तिहरुले सहभागिता जनाउदै ४ लाख वन भन्दा धेरै  रकम सहयोग प्राप्त भैसकेको जानकारी श्री वलिले गराउनु भएको छ ।
समाज परिवर्तन स्वस्फूर्त आत्मा जागेर  हुन्छ भन्ने मान्यतामा आधारित एक सामान्य युवाले शुरुवात गरेको  पानी अभियान देशविदेशमा महाअभियान बन्न गैरहेको छ ।

प्रतिक्रिया