“हिन्दु बुद्ध मन्दिर सहित सामुदायिक साँस्कृतिक केन्द्र” को लागि आवश्यक साथ र सहयोगका लागि सम्पुर्ण आदरणीयहरुमा हार्दिक अपील !!!!!

इनेप्लिज २०७३ फागुन २ गते २२:४२ मा प्रकाशित
बाल्टिमोर मेरिल्याण्डमा नेपाली समुदायको आफ्नै पहलमा निर्माण शुरु गरिएको “हिन्दु बुद्ध मन्दिर निर्माण संगै सामुदायिक साँस्कृतिक केन्द्र” अब चाँडै नै बन्ने लगभग पक्का भएको छ।
अमेरिकामा नेपाली जनसमुदायहरुको बाक्लो बस्ती रहेको राज्यहरु मध्येको एक मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा, टाउसन एरियाबाट गाडीमा करिव २०/२५ मिनेट र पेरिहल, ह्वाइट मार्स एरियाबाट अन्दाजी १०/१५ मिनेटमा सजिलै पुग्न सकिने Glen Arm, MD मा अवस्थित नेपालकै कुनै भब्य दरवारको झल्को दिने विशाल भवन सहितको करिव ३० Acres भन्दा बढी जग्गा जमिनमा सुबिधा सम्पन्न विभिन्न खेल मैदान तथा स्विमिङ पुल सहितको विशाल ठाउँमा अब आफ्नै नेपाली समुदायको पहलमा पहिलो विशाल “हिन्दु बुद्ध मन्दिर” निर्माण संगसंगै “सामुदायिक सांस्कृतिक केन्द्र” को पनि निर्माण हुने भएको छ।
लामो समय देखि मेरिल्याण्डवासी नेपाली समुदायहरुले आवाज उठाउँदै आईरहेको विभिन्न महत्त्वपूर्णका बिषयहरु मध्ये विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम गर्न सकिने, सामुदायिक भाषा-सांस्कृतिक केन्द्र, सुचना केन्द्र, पुस्तकालय, खेलकुद प्रशिक्षण तथा प्रवर्द्धन केन्द्र, ब्यायमशाला, अत्यावश्यक भाषा स्कुल, ठुलासाना सभा सम्मेलन गर्न सकिने अत्याधुनिक सभाकक्ष आदि इत्यादीका साथै हाम्रा बालबालिकाका, युवा, बृद्ध सबै सबैका लागि आवश्यक पर्ने विभिन्न सामाजिक गतिविधिहरु, समर-विन्टर क्याम, पिकनिक, पार्क, योगा शिविर, स्वस्थ परिक्षण शिविर कानुनी परामर्श तथा सेवा शिविर लगायत बिभिन्न सिपमुलक व्यावसायिक तालिम संचालन जस्ता विभिन्न आवश्यक शिविर, गोष्ठी, सम्मेलन केन्द्र, पर्यटन केन्द्र, आदि इत्यादि आवश्यकताहरुलाई सजिलै स्थापित गर्न गराउन सकिने एक बिशाल सम्भावना नै सम्भावनाहरु बोकेको यो महाअभियानलाई सफल बनाउने जिम्मेवारी आज तपाईं हामी सम्पुर्ण मेरिल्याण्डवासी नेपाली समुदायहरुका सबैको काँधमा आईसकेको छ। त्यसैले “हिन्दु बुद्ध मन्दिर” र साथमा “सामुदायिक सांस्कृतिक केन्द्र” निर्माण कार्यलाई सफल बनाउनका लागि आवस्यक आर्थिक सहयोग जुटाउनका लागि संसारभर छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदिबहिनी, संघसंस्था, तथा शुभचिन्तकहरुमा सक्दो सहयोगका लागि बिभिन्न सार्वजनिक सुचनाहरु मार्फत हार्दिक अपील पनि गरिएको छ।
शुरुमा एउटा सानो “हिन्दु बुद्ध मन्दिर” निर्माण गर्ने लक्ष लिएर महाअभियानमा होमिएका स्वयंसेवकहरुले आ-आफ्नो उत्कृष्ट काम र जिम्मेवारीता निभाउदै जाने क्रममा सोँचेको भन्दा उत्कृष्ट स्थानको छ्नौट गर्न सफल भएको छ भने स्थानीय नेपाली जनसमुदाय र परिवारहरुको बिश्वास पनि जित्न सफल भएको छ, जसले गर्दा मन्दिर निर्माणका लागि आवश्यक आर्थिक संलकनका थुप्रै ढोकाहरु पनि बिस्तारै खुल्दै जान थालेको छ भने समुदायकै मागलाई ध्यानमा राख्दै अब पहिले शुरु गरिए भन्दा विशाल “हिन्दु बुद्ध मन्दिर” र साथमा समुदायको अत्यावश्यक “बिबिध सामुदायिक सांस्कृतिक केन्द्र” निर्माणको महा-अभियानलाई व्यापक तिब्र पारेका छन। यदि समय मै अभियान पुरा भएमा बिदेशमा रहने नेपाली समुदायहरुको विश्व कै पहिलो उदाहरणीय नमुना “हिन्दु बुद्ध मन्दिर” बन्ने पक्का छ।
“भाषा, भेष, धर्म, संस्कृति परम्परा र संस्कार नै हामी सबैको पहिचान हो। यसको संरक्षण, प्रवर्द्धन अनि सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य र दायित्व हो।” यहि अमुल्य मान्यतालाई आत्मसात गर्दै आज मेरिल्याण्डवासी नेपालीहरुले बनाउन लागेको “हिन्दु बुद्ध मन्दिर” र साथमा “सामुदायिक साँस्कृतिक केन्द्र” बनाउने महान अभियानलाई सफल बनाउन आउनुहोस् , तन, मन र धनले सबैले सक्दो साथ र सहयोग गरौं।
 ..थोपा थोपाहरु मिलेर नै बिशाल समुन्द्र बन्दछ, आज मेरिल्याण्डभरका विद्यार्थी, ब्यबसायी, डाक्टर, इन्जिनियर, कलाकार लगायत विभिन्न पेशा, बर्ग र क्षेत्रका स्वयंसेवकहरूको साथ, सहयोग र अहोरात्रको मेहनतले प्राय: असम्भव नै मान्दै आएको पुरानो सोंच र पदिय परम्पराहरुलाई तोड्दै जनहितको यो पुण्यकर्मको जन्म भएको छ भने सबैले आ-आफ्नो पुर्ण जिम्मेवारी र दायित्वबोधलाई आत्मसात गर्दै प्रत्येक दिन थप जनसहभागिताहरु जुटाउन सफल भईरहेको छ। पारदर्शिताको एक उत्कृष्ट उदाहरणहरु प्रस्तुत गर्दै र शून्य प्रशासनिक खर्चमा सत् प्रतिशत संकलित रकम मात्र समुदायको लागि अत्यावश्यक “हिन्दु बुद्ध मन्दिर” सहितको “सामुदायिक सांस्कृतिक भवन” को निर्माणमा खर्च गरिने मुख्य लक्ष्य सहित शुरु गरिएको यो महाअभियानलाई सफल बनाउन तपाईंहरुको पनि महत्त्वपूर्ण भुमिका रहने हुनाले सक्दो सहयोग गरिदिन हुन संसारभर छरिएका सम्पुर्ण नेपाली परिवारजन तथा आफन्तजनहरुलाई हामी हार्दिक अनुरोध गर्दछौं।
..सहयोगका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
 https://www.gofundme.com/sxjcw4
यस “हिन्दु बुद्ध मन्दिर सहित सामुदायिक साँस्कृतिक केन्द्र” निर्माण महाअभियानका लागि $५,००० डलर वा सो भन्दा बढी सहयोग गर्नु हुने दाताहरु “बोर्ड अफ् ट्रस्टी” को भुमिकामा रहनेछन भने $१,००० डलर सहयोग गर्नुहुने दाताहरु “आजिवन सदस्य” को भुमिकामा रहनेछन भने अन्य सहयोग दाताहरु “सदस्य” का भुमिकामा रहने ब्यबस्था गरिएको छ भने ९० दिन भित्रमा सहयोग हस्तान्तरण गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरु सबै देहाय बमोजिमको आ-आफ्नो भुमिकासंगै “संस्थापक” को भुमिकामा पनि रहनेछन तसर्थ आउनुहोस् यो महाअभियानमा सहभागी भइ पुण्यकर्मको यो महाअभियानमा सहभागी बनौं।
थप जानकारी तथा सम्पर्कका लागि:
“हिन्दु बुद्ध मन्दिर”
Nepali American Cultural Center of Baltimore, MD
www. NACCbaltimore.org
www.Baltimoremandir.org

लेख: श्रीजन ताम्राकार, बाल्टिमोर-मेरिल्याण्ड

प्रतिक्रिया