अमेरिकाका विभिन्न शहरमा यूवा गायक नरेन लिम्बूको प्रस्तुति हुने

इनेप्लिज २०७३ माघ २९ गते १८:१५ मा प्रकाशित

अमेरिका का बिभिन्न राज्यहरुमा यूवा गायक नरेन लिम्बूको सांगीतिक प्रस्तुति हुने भएको छ l केटिएम इन्टरटेनम्नेट तथा गोर्खाली फाउन्डेसन नामक संस्थाहरुको सयुक्त आयोजना उक्त कार्यक्रम हुने भएको छ l

नरेन लिम्बुले गाएका प्रख्यात गीतहरु भन्न आउदैन ,अन्तिम माया ,तिमि आउन ,भन्न आउदैन २ ,हरपल ,आत्मा मा ,गार्हो छ ,के साह्रो भाको,सुन तथा नेपाली ठिटो जस्ता गीतहरु निकै चर्चामा छन् l

उनलाई साथ दिने ब्याण्ड (संगीत मण्डली )दि बिट्समा गिटारमा रोकेश गुरुङ ,लीड गितारमा बिष्णु गुरुङ ,ड्रममा रेन्जी शेर्पा तथा बासमा टासी गुरुङ रहने छन् l

अमेरिकामा उनको प्रस्तुति आगामी फेब्रुअरी १७ तारिख बोस्टन तथा फेब्रुअरी २५ तारिख न्युयोर्कमा हुने तय भएको छ भने टेक्सस ड्यालस ,सन् फ्रान्सिस्को ,बाल्टिमोर ,भर्जिनिया तथा अन्य शहरहरुमा पनि कार्यक्रम राखिने जानकारी दिईएको छ l

बिस्तृत जानकारीको लागि रोकेश गुरुङ संग १ (३०१ )९१५-५०६८ मा सम्पर्क गर्न सकिने छ l

 

 

 

प्रतिक्रिया