एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार कृष्ण पोख्रेलका प्रारम्भिक चरणका घोषणा

इनेप्लिज २०७३ माघ २० गते ०:३६ मा प्रकाशित

केहि महिना पछि गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन हुदै छ l सामाजिक संजालमा प्रत्यासीहरुले आफ्नो उम्मेदवारी दिने क्रम जारी राखेका छन् l उम्मेदवारलाई चुनावी ज्वरो आउन थालेको छ l विभिन्न पदहरुमा उम्मेदवारी दिने क्रम निरन्तर छ भने अध्यक्ष पदमा यस पटक निकै प्रतिस्पर्द्धा हुने देखिने भएको छ l

यसै गरि एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल अध्यक्ष पदका उम्मेदवार भएका छन् भने प्रारम्भिक चरणका घोषणा समेत जारी गरेका छन् l
उनका घोषणा पत्र का बुदाहरु यस प्रकार छन् ;

१) अमेरिकामा रहनु हुने सम्पूर्ण एनआरएन परिवारको सेवा–सुविधाको लागि +1-800-NRN-HELP टेलिफोनको सुविधा ९० दिन भित्र लागु गरिनेछ ।
२) स्थानिय राज्य च्याप्टरहरुलाई प्रभावकारी बनाउदै स्थानिय संघ संस्थासंग समन्वय गरी अगाडि बढ्ने ।
३) महिनाको एक डलर आपत्कालिन कोषको लागि बार्षिक १२ डलर संकलन गर्ने ।
४) हामी नेपालीसंग रहेको सीप, ज्ञान र प्रविधिलाई नेपालीकै हितमा प्रयोग गर्ने ।
५) नेपालीको आफ्नो पहिचानलाई निरन्तर रुपमा स्थापित गर्दै बिभिन्न राज्य र शहरहरुमा नेपाल डे घोषणा गर्ने तर्फ लाग्ने ।
६) एनआरएन परिचय पत्र वितरण एवं कार्ड मार्फत बिशेष सहुलियत दरलाई प्रभावकारी रुपमा ९० दिन भित्र कार्यन्वयन गर्ने ।
७) नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नलाई प्रत्येक बर्ष परेड, झांकी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना एवं प्रर्दशनी गर्ने ।
८) युवाको सहभागिता बढाउने वालवालिकाबीचमा कविता, निवन्ध, वादविवाद जस्ता प्रतियोगिताको आयोजना गरी उनीहरुको संलग्नता बढाउने ।
८) नेपाली भाषा संस्कृतिलाई प्रर्वद्धन एवं संरक्षण गर्दै हामी बसेको राज्य, शहर र स्थानमा नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने ।

प्रतिक्रिया