न्युयोर्क राष्ट्रसंघ हिउँद यूवा सम्मेलनकि यूवा सभाध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सम्मेलनलाई सम्बोधन

इनेप्लिज २०७३ माघ १९ गते १८:०४ मा प्रकाशित

 

फेब्रुअरी १ ,नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद यूवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् l हिउँद यूवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्ने छ l

बार्षिक रुपमा दुई पटक आयोजना हुने कार्यक्रम अन्तर्गत हिउँदे युवा सम्मेलनको लागि करिब १ हजार विभिन्न राष्ट्रहरुबाट युवा प्रतिनिधिहरुको सहभागिता रहेको छ l उक्त युवा सम्मेलनलाई अस्ट्रेलिया तथा डेनमार्कले अनुमोदन गरेका छन् l

उद्घाटन कार्यक्रममा सयुक्त राष्ट्र संघका महा सचिवका प्रतिनिधि तथा मानार्थ सभाध्यक्ष सिमोना मिकुलेस्कूले उद्घाटन मन्तब्य राखिन l यस बर्षको यूवा सम्मेलनको प्रकरण “युवा गतिविधिमा :२०३० कार्यसूची सिद्ध “भन्ने रहेको छ l यूवा बाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्र को मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको छ l छलफल उक्त कार्यसूची अन्तर्गत विश्वले सामना गरि रहेको बिषय वस्तुहरु गरीबी ,शिक्षा तथा दिगो उपयोग तथा उत्पादन सम्बन्धि गहन छलफल हुने छ l

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् l नया बर्ष २०१७ सहित जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन : उनले राष्ट्रसंघ हिउँद यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् l जगदीश मान अमात्य तथा कृष्ण अमात्य कि होनहार तथा प्रतिभाशाली जेष्ठ सुपुत्री हुन् l

अनेक बाधा अड्चन लाई छिचोल्दै आफू यो अवस्था सम्म आफु पुगेकोमा हर्ष व्यक्त गर्दै यूवा सम्मेलनलाई सम्बोधन गर्नु अगाडी कुराकानी गदै सर्बप्रथम म मेरो आमा बुवा तथा ३ करोड नेपालीलाई पनि सम्झना गर्दै सबैको आशिर्बाद लिन चाहन्छु भनिन l

उनले सबैलाई यूवा सम्मेलनको सभा अध्यक्ष भएको नाताले उपस्थित ८५ वटा राष्ट्र बाट आएका प्रतिनिधि ,अन्य विशिष्ट व्यक्तिहरु तथा अतिथिहरुलाई स्वागत गरिन l उनले मन्तब्य कै क्रममा आफू नेपाल बाट भएको जानकारी गराईन l उनले अगाडी भनिन भगवान बुद्ध नेपालमा जन्मेको उल्लेख गरिन l

मन्तब्य कै क्रममा हामीहरुमा एकता हुनु पर्छ र अनेकता हुनु हुदैन भनिन l विविधता भनेको शक्ति हो भन्दै स्वामित्व ग्रहण गर्नु पर्ने विचार राखिन l र मन्तब्य दिने क्रममा आफ्ना महत्वपूर्ण कुराहरु हिस्सा गर्न अनुरोध समेत गरिन l

जोली सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्दै गत बर्ष यूवा सम्मेलनकि युवा अध्यक्ष बनेकी हुन् l अमात्य झन्डै एक दशक देखि सयुक्त राष्ट्र संघ , विश्व बैंक, एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरि सकेकी छिन् l

नेपाल पाटनमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन् भने हाल अमेरिकाको न्युयोर्कलाई कर्म थलो बनाएकी छिन् l सन् २००७ मा महिलाको आवाज भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनि बिध्यालयमा अध्ययनरत थिईन । उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले सन् २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट ” पदकले समेत उनलाई सम्मान गरेको थियो ।

उनले अमेरिकाको आएवा बिद्यालयमा बित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व बिद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट ) तहमा अध्ययन गरेकी छिन् । कार्यक्रममा नेपाली प्रतिनिधि मण्डल ,नेपाली समुदाय तथा बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको छ l

प्रतिक्रिया