विभिन्न भाषाभाषी र भूगोलका युवा पत्रकारहरुलाई समेट्दै ओमनमा बज्जिका पत्रकार संघ गठन गरिएको छ । विभिन्न परिवेशमा कामको खोजीमा ओमन पुगेका नेपाली युवाहरुले राजुकुमार श्रीवास्तवको अध्यक्षतामा सात सदस्यीय बज्जिका पत्रकार संघ ओमन गठन गरेका छन् । समितिमा बाँके जिल्लाका चित्रप्रसाद, धनुषाका इन्दल महतो, कपिलवस्तुका शैलेन्द्र चौधरी, संखुवासभाका लाक्पा तेन्जिङ शेर्पा र प्युठानका सुरज केसी सदस्य रहेका छन् । हरेक महिनाको एक तारिखका दिन बैठक बस्ने र बज्जिका भाषा, साहित्य तथा पत्रकारिताको विकासको लागि रचनात्मक कार्य गरिरहने संघका अध्यक्ष श्रीवास्तवले सामाजिक सञ्जालमार्फत जनाएका छन् । संघको संरक्षकमा सञ्जय मित्रलाई राखिएको पनि श्रीवास्तवले जनाएका छन् ।
यस अघि मलेसियामा नेपाल मलेसिया आप्रबासी बज्जिका पत्रकार संघ ललन यादवको अध्यक्षतामा गठन गरिएको थियो । प्रवासको अन्य ठाउँमा पनि यस किसिमको प्रयास भइरहेको बुझिएको छ ।
प्रतिक्रिया