एमालेले यसरी सञ्चालन गर्दैछ मेची-महाकाली अभियान, केपी ओली प्रमुख कमाण्डर

इनेप्लिज २०७३ माघ १९ गते ११:३३ मा प्रकाशित

काठमाडौँ, १९ माघ । नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो अभियान गर्न लागिएको जनाइएको छ ।

आगामी फागुन २१ गते सुखानीका सहिद दिवसका अवसरमा झापाको काँकडभिट्टाबाट शुभारम्भ हुने अभियान विभिन्न जिल्लामा र्याली, सभा र रचनात्मक कार्यक्रम गर्दै चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।

एमालेले अभियानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डलको स्थायी टोली निर्माण गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका लागि अभियान गर्न लागिएको बताउँदै ‘हामीले कसैसँग निहुँ खोज्न वा सम्बन्ध बिगार्न यो अभियान सञ्चालन गर्न लागेको होइन, एमालेमाथि फैलाइएका भ्रम चिर्नका लागि यो अभियान सुरु गर्न लागिएको छ भन्नुभयो ।”

उहाँले सत्तापक्षले निर्वाचन घोषणा नगरेको, लेखा समितिको सभापति पनि आफैँ राखेको र बजेटको दुरुपयोग गरेको आरोप लगाउनुभयो । रासस

अभियानको तयारी र यस अन्तर्गत गरिने कामहरू:

अभियान तयारीको जिम्मेवारी मुख्यतः प्रदेश सङ्गठन कमिटी र जिल्ला कमिटीहरूलाई हुनेछ । मातहतका सम्पूर्ण कमिटी, सदस्य तथा जनसङ्गठनहरू प्रदेश तथा जिल्ला कमिटीको योजनामा परिचालित हुनेछन् ।

अभियान अन्तर्गत पार्टी केन्द्रबाट प्रकाशित आह्वान (अपिल)का साथ स्थानीय पार्टी कमिटी, सम्पूर्ण पार्टी सदस्यहरू र जनसङ्गठनका स्थानीय कमिटी तथा सदस्यहरू प्रचार–प्रसारका लागि घरदैलोमा जानेछन् । यस अभियानमा नेकपा (एमाले) तराईका प्रत्येक जिल्लाका प्रत्येक घरधुरी र प्रत्येक नागरिक समक्ष आह्वान र अनुरोधका साथ पुग्नेछ ।

मुख्य सभास्थलमा जनसहभागिता जुटाउन वडा, गाउँ र नगरतहमा प्रचारसभाहरू आयोजना गरिनेछन् । जनसभा आयोजना गरिने स्थानहरूमा ठुलो सङ्ख्यामा जनसहभागिता जुटाउन सवारी साधन लगायत अन्य आवश्यक तयारी गरिनेछ । सम्बन्धित कमिटीहरूले जनता तथा सवारी साधनहरूको शृङ्खलाको तयारी गर्नु पर्नेछ ।

स्थायी कमिटीका सदस्यहरु देहायवमोजिमका प्रदेशको तयारी कार्यमा सहभागी हुने:

प्रदेश प्रमुख कमरेडहरूले आ–आफ्नै कार्यक्षेत्रमा अभियानको तयारी र व्यवस्थापनको नेतृत्व गर्ने । उक्त काममा देहायका कमरेडहरूले सहयोग पुर्याउने–

प्रदेश नं. १. योगेश भट्टराई र सुवास नेम्वाङ

प्रदेश नं. २ मुकुन्द न्यौपाने र केशव बडाल

प्रदेश नं. ३ सुरेन्द्र पाण्डे, अमृत बोहरा र  पुष्प कँडेल

प्रदेश नं. ४ सोमनाथ प्यासी

प्रदेश नं. ५ घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र शङ्कर पोखरेल

प्रदेश नं ६ छविलाल विश्वकर्मा

प्रदेश नं. ७ पृथ्वी सुब्बा गुरुङ

तराई- मधेसका केन्द्रीय कमिटीका सदस्य तथा पूर्व सदस्यहरू, सांसद तथा पूर्व सांसदहरू, पूर्व मन्त्रीहरू । (नामावली परिशिष्टमा सङ्लग्न छ ।)

प्रत्येक प्रदेश अन्तर्गतको र्याली, सभा तथा अभियानमा सो प्रदेश अन्तर्गतका सम्पूर्ण स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्व सांसद, पूर्व मन्त्री, प्रदेश कमिटीका सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटीका सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्य, जिल्ला कमिटीका सदस्य लगायत पार्टी तथा जनसङ्गठनका सबै तहका कमिटी सदस्य तथा पार्टी सदस्यहरू अनिवार्य रूपमा सहभागी हुनु पर्नेछ ।

र्याली तथा सभास्थलका लागि निर्धारण गरिएका उपरोक्त बमोजिमका प्रत्येक स्थानमा झन्डा, व्यानर, अपिलका साथ साना–ठुला गाडी, मोटरसाइकल र साइकलमा सवार ठुलो जनसमूहको ताँती तयार गर्ने र त्यसले नेताहरूको टोलीलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन जाने ।

३.  अभियानको कार्यक्रम 
सम्बन्धित जिल्ला कमिटीको आयोजना र अभियानमा सम्मिलित नेताहरूको उपस्थितिमा निम्न मिति र स्थानमा विशाल जन¥याली तथा जनसभाहरू आयोजना गर्ने:
पहिलो दिन (फागुन २१ गते)

काँकडभिट्टा –कार्यक्रम शुभारम्भ

बिर्तामोड– जनसभा

दमक – जनसभा ( बास समेत)

दोस्रो दिन (फागुन २२ गते) 

विराटचोक –जनसभा

इटहरी –जनसभा (बास समेत)

तेस्रो दिन (फागुन २३ गते)

इनरुवा– जनसभा

  राजविराज– जनसभा

कञ्चनपुर– जनसभा (बास समेत)

चौथो दिन (फागुन २४ गते)

गोलबजार– जनसभा (बास समेत)

पाचौं दिन (फागुन २५ गते)

जनकपुर –जनसभा र विविध कार्यक्रम

बर्दिवास –जनसभा (बास समेत)

छैटौंं दिन (फागुन २६ गते)

हरिपुर –जनसभा

गरुडा–जनसभा

चन्द्रनिगाहापुर (बास समेत)

सातौँ दिन (फागुन २७ गते)

जितपुर –जनसभा

हेटौंडा –जनसभा (बास समेत)

आठौँ दिन (फागुन २८ गते)

भण्डारा–जनसभा

भरतपुर –जनसभा

कावासोती –जनसभा (बास समेत)

नवौैं दिन (फागुन २९ गते)

भुमही –जनसभा

भैरहवा –जनसभा

बुटवल (बास समेत)

दसौँ दिन (फागुन ३० गते)

चन्द्रौटा –जनसभा

लमही– जनसभा

घोराही–जनसभा (बास समेत)

एघारौँ दिन (चैत १ गते)

नेपालगञ्ज– जनसभा

गुलरिया– जनसभा (बास समेत)

बाह्रौं दिन (चैत २ गते) 

राजापुर– जनसभा

टीकापुर –जनसभा

लम्की –जनसभा (बास समेत)

तेह्रौं दिन (चैत ३ गते) 

धनगढी – जनसभा

महेन्द्रनगर –जनसभा (बास समेत)

चौधौं दिन (चैत ४ गते)

पत्रकार सम्मेलन–महेन्द्रनगर

१५ औं दिन (चैत ५ गते)

सुर्खेत –जनसभा

जनसभामा सम्बन्धित क्षेत्रको विशेषता, आवश्यकता र प्रभावकारिताको विश्लेषण गरी वक्ता निर्धारण गरिनेछ ।

नेताहरूको टोली बास बस्ने स्थानमा सम्बन्धित जिल्ला कमिटीले आवास व्यवस्थापन कमिटी निर्माण गर्ने । १००० जनाको लागि खाना, खाजा र बासको प्रवन्ध गर्ने ।

नेताहरू रहने आवास क्षेत्रको सुरक्षाका लागि स्वयमसेवक परिचालन गर्ने र राज्यको सुरक्षा निकायको पनि सहयोग लिने ।

सभास्थलमा मञ्च व्यवस्थापन लगायतको काम सम्बन्धित जिल्ला कमिटीले गर्ने ।

अभियानको अवधिभर अभियान क्षेत्रका सबै तहका पार्टी कमिटी तथा जनसंगठनका कमिटीहरूले प्रचार–प्रसारको काम गर्नेछन्् । उनीहरू घरदैलोमा जानेछन्, पार्टीको आह्वान (अपिल) वितरण गर्नेछन्, पार्टीका समर्थक शुभेच्छुक लगायत आम जनतालाई अभियानमा परिचालित गर्नेछन्, पार्टीलाई समर्थन गर्न र पार्टीमा प्रवेश गर्न आम जनतालाई अपिल गर्नेछन् ।

४. प्रचार सामग्री

अभियानका लागि पार्टी केन्द्रले नेपाली, मैथिली,भोजपुरी, अवधि, थारु र डोट्याल भाषामा अपिल प्रकाशित गर्ने ।

स्थानीय कमिटीहरूले आवश्यकता अनुसार हाते पर्चा तयार गरी वितरण गर्नेछन् ।

नेपालको राष्ट्रिय झन्डा लगायत सामाजिक सद्भाव झल्किने विभिन्न सामग्रीको व्यापक प्रचार गरिने छ ।

सार्वजनिक सञ्चारमाध्यमहरूका माध्यमबाट कार्यक्रमका सम्बन्धमा नियमित जानकारी दिने, कार्यक्रमका समाचार सम्प्रेषण गर्र्ने र नियमित पत्रकार सम्मेलन गर्ने काम गरिनेछ ।

५.     सांस्कृतिक अभियान

अभियानको तयारीका लागि सम्बन्धित स्थान र आसपास सांस्कृतिक अभियान सञ्चालन गरिनेछ । कार्यक्रममा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा विशेष सामग्री प्रस्तुत गरिनेछ । जनसभा अघिको अवधिमा सांस्कृतिक प्रस्तुतिहरू हुनेछन् र हरेक साँझ  सांस्कृतिक टोलीले विभिन्न भाषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ । यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गर्नेछ ।

६. पार्टी प्रवेश

अभियान अवधिभरि कार्यक्रमको महत्त्वपूर्ण अङ्गको रूपमा पार्टी प्रवेशलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ । यसका लागि सम्बन्धित कमिटीहरूले व्यवस्थित तयारी गर्नुपर्नेछ ।

७. विविध

पार्टी सम्बद्ध जनसङ्गठन र शुभेच्छुक संस्था÷व्यक्तिहरूबाट स्वागत द्वार निर्माण, विभिन्न सांस्कृतिक झांकी प्रस्तुति लगायत कामहरू गरिनेछन् ।

जनसरोकारका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको शिलान्यास, उद्घाटन, श्रमदान लगायत विविध रचनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन् । त्यसको तयारी सम्बन्धित कमिटीले गर्नुपर्नेछ ।

८. संयोजन/समन्वय:

अभियानको तयारीका लागि प्रदेश नं ५सङ्गठन कमिटीले माघ १७ गते र प्रदेश नं २ सङ्गठन कमिटीले माघ १८ गते विशेष बैठक बसेर समग्र कार्ययोजना निर्माण गरेका छन् भने अन्य प्रदेश सङ्गठन कमिटीहरूले पनि तदनुरूप योजना बनाउने तयारीमा छन् । अभियानकै लागि परासी (माघ १८), कपिलबस्तु (१८), रुपन्देही (२०), गुल्मी (२२), पाल्पा (२८), प्युठान (फागुन ६), रोल्पा (फागुन ७), दाङ (माघ २७), अर्घाखाँची (फागुन १), बर्दिया (माघ २७), बाँके (२९), सप्तरी (माघ २१), सिराहा (२३), धनुषा (२८), पर्सा (२८), बारा (२९), सर्लाही (फागुन १), रौतहट (१) र महोत्तरी (२) मा जिल्ला कमिटीहरूका विशेष बैठक आयोजना गरिएका छन् ।

समग्र अभियानको संयोजन र समन्वय केन्द्रीय सचिवालयले गर्ने । यसका लागि सचिवालयले माघ १० देखि सम्बन्धित प्रदेश र जिल्ला कमिटीहरूसँग बसी विस्तृत कार्ययोजना निर्माण गर्ने ।

९. अभियानको समीक्षा:

अभियानको आयोजना, प्रभाव र परिणामको सम्बन्धमा चैत्र १५ भित्र जिल्ला कमिटी तथा प्रदेश कमिटीको बैठक बसी समीक्षा गर्ने र समीक्षा प्रतिवेदन पार्टी केन्द्रमा पठाउने ।

प्रदेश सङ्गठन कमिटीबाट प्राप्त समीक्षा प्रतिवेदनलाई अध्ययन गरी एकीकृत समीक्षा प्रतिवेदन केन्द्रीय सचिवालयले स्थायी कमिटीमा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया