दोस्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

इनेप्लिज २०७३ माघ १७ गते ६:१७ मा प्रकाशित
लण्डन, माघ १७ । फोक्स्टनस्थित दोस्रो गोर्खा बटालियनमा कार्यरत संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विश्वकैे ५औ अग्लो हिमशिखर मकालुको तस्विर मायाको चिनो दिदै विदा गरे ।
 
कार्यक्रमको सुरुवातमा दोस्रो गोर्खा बटालियनमा संखुवासभाबाट भित्रिएका विज्ञान राई र विश्वहाङ्ग जीमिलाई समारोहका सिनियर वारेन्ट अफिसर मदन जीमिले स्वागत व्यक्त गर्दै सार्जन्ट तामाङ्गले व्रिगेड अफ गोर्खाजलाई दिएको योगदान र २२ बर्ष कार्यअवधि पुरा गरी अवकाश लिएकोमा अफिसर जीमिले बधाई दिएका थिए।
 
सार्जन्ट चित्र तामाङ्ग सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सको यातायात विभागको सेकेन्ड ईन कमाण्ड गरीरहेका छन् । संखुवासभा स्यावुन गाविस ७ ओत्तेनमा जन्मिएका तामाङ्गले जील्लाका चर्चित गाविस धुपुको जन ज्योति माध्यमिक विद्यालयबाट पहिलो श्रेणिमा प्रवेशीका उतिर्ण गर्न साथ वि.स. २०५१ सालमा व्रिगेड अफ गोर्खाजमा भर्ति भएका हुन्।
 
सार्जन्ट तामाङ्गका व्याजीहरु वि. स. २०५१ सालमा व्रिगेड अफ गोर्खाज भर्ति भएर बेलायत अल्डरसटस्थित तालिम केन्द्र चर्चकु्रखममा पहिलो तालिम गर्ने ईन्टेक हुन् । यस अघि व्रिगेड अफ गोर्खाजको तालिम केन्द्र हङ्गकङ्गमा थियो ।
 
सन् १९९९ मा भर्ति भएका ईन्टेक ९९ले उक्त स्थानमा अन्तिम तालिम गरेका थिए । उक्त बर्ष तालिम केन्द्रको उत्कृष्ट स्थानको उपाधि वान प्लटुन वान सेक्सन्ले चुमेको थियो भने टेनिङ्ग राईफलम्यान नविन गुरुङ्गले च्याम्पियन रेगरुटको उपाधि चुमेका थिए । 
 
तामाङ्गका व्याजीहरु १५३ मध्ये उच्च अधिकृत पदमा दोस्रो गोर्खा रेजिमेन्टका सखुवासभा निवासी छत्र लिङ्गथेप र ईलाम निवासी नवल किरण याख्खा गत साल सहसेनानी पदमा पहिलो चरणमा पदोन्नती भएका छन् ।
 
लण्डनको अर्थरास्त्र विभागका प्रतिवेदनअनुसार घरजग्गाको मूल्यका हिसाबले सबैभन्दा धेरै महँगो सहरको पाँचौ स्थानमा लन्डन परेको छ । बेलायतको राजधानी लन्डन पहिलेदेखि नै महँगो सहरको पर्याय बन्दै आएको हो । एक दशकयता यो सहर साधारण मानिसकालागि सोच्नै नसकिने गरी महँगो बनिरहेको छ । पछिल्लो दशकमा यो सहरमा घरजग्गाको भाउ अस्वाभाविक रूपमा बढिरहेको देखिन्छ । 
 
आर्थिक परिवन्दनमा उस्किरहेको लण्डन नजिकैको सहर फोक्स्टनमा करिब ५ करोड नेपाली रुपैयाँमा यसै बर्ष निमार्ण गरिएको घर उनले बसोबासकालागि खरिद गरिसकेका बताए । 
 
सन् २०१३ देखि त लन्डनको घरजग्गाको भाउ हरेक वर्ष दोहोरो अंकले बढिरहेको छ । १० वर्ष्भित्र लन्डन सहरमा औसत घरको मूल्य झन्डै दोब्बर भएको छ । सन् २००६ मा सहरी क्षेत्रमा घरको मूल्य औसतमा २ लाख ५७ हजार पाउन्ड रहेको थियो । सन् २०१६ मा यो भाउ बढेर ४ लाख ७४ हजार पाउन्ड पुगेको छ । जुन गणितीय हिसावमा ९० प्रतिशतको वृद्धि हो । 
 
सरकारले लन्डनमा घरजग्गाको भाउ घटाउन गरेका हरेक प्रयास निरर्थक हुँदै गएका छन् । पटकपटकका नीतिगत निर्णयहरू निकम्बा बनेका छन् । सरकारले विलासी घर र अपार्टमेन्टकालागि उच्च कर लगाउने नीति लिए पनि त्यसले भाउ कम गर्न सकिरहेको छैन । पछिल्लो पटक अर्थ शास्त्रको सर्वेक्षणले भने यस वर्ष लन्डनमा  घरजग्गाको  भाउमा कमी आउने देखाएको छ ।
 
उक्त कार्यक्रमको मुख्य निर्देशन साहित्यकार सचिन थापा मगरले संयोजन गरेका हुन्।

प्रतिक्रिया