साहित्य समाज क्यानाडाको वसन्त श्रवणमा तीन कृति विमोचन
नेपाली साहित्य समाज, क्यानाडाले आज एक समारोहका बीच समाजको १३औं वार्षिकोत्सवसँगै सरस्वती पूजा मोहन खरेलको सरस्वती वन्दनाबाटकार्यक्रकको थालनी गरिएको थियो । त्यसपछि बालबालिकाहरुलाई पहिलो अक्षर लेखाउने कार्य गरिएको थियो । नेपालका लागि क्यानाडाकामहावाणिज्यदूत डा. कुञ्जर शर्माको प्रमुख आतिथ्यमा तथा समाजका अध्यक्ष डा. गोबिन्द रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा तीनकृतिहरुको लोकार्पण गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा डा. तुलसी धरेलले स्वागत मन्तब्य दिदै भर्खर नेपाली साहित्य समाज, क्यानाडाले विधिवत दर्ताकार्य पुरा गरेको जानकारी गराउनु भयो। वहाँले २००४ मा एउटा घरको कोठाबाट शुरु भएको समाजले आज वृहत रुप लिदै गएको जानकारी गराउनु भयो ।
दोस्रो चरणको कार्यक्रममा क्यानाडामा नेपाली संस्था, संस्कृति साहित्य र पत्रिकाको थालनी गर्ने विगत ३९ वर्षदेखि क्यानाडामा बस्दै आउनु भएका श्रद्धेयकिरण ढुङ्गानाको दोस्रो कति कमली उपन्यासको लोकार्पण गरिएको थियो । डा. गोबिन्द रावतले कमली उपन्सायको विवेचना गर्दै ३९ वर्ष विदेशमा बसेरपनि प्रधानमन्त्री चन्द्र शमशेरदेखि विश्वेश्वरप्रसाद कोईरालासम्मको ५८ वर्षको समयावधिमा घटेका ऐतिहासिक घटनालाई काल्पनिक शाब्दिक शिल्पद्वारा तीनपुस्ताका माध्यमबाट वर्णन गरेको बताउनु भयो । आफ्नो पुस्तकका बारेमा उपन्यासकार ढुङ्गानाले आफुले यस कृतिलाई ह्दयदेखि लेखेको भन्दैक्यानाडामा ३९ वर्षअघिको नेपाली समुदायमा संस्था साहित्य र पत्रिका जन्माउँदाको अनुभव सुनाउनु भएको थियो । अर्को कृति नेपालबाट आफ्नासन्तानलाई भेट्न आउनु भएका श्रीमती मिश्रा पोखरेलको जीवनको सेरोफेरो काव्य रचनाको लोकार्पण गरिएको थियो । पुस्तकका बारेमा जानकारी गराउदैउनका श्रीमान तोरण प्रताप के.सी. ले आफु नेपाली सेनाको प्रमुख सेनानी रहेको र आफु व्यारेकमा बस्दा कवियत्रीले पत्र लेख्दा चार लाईनको कविता लेख्नेगरेको र कवितामा आफ्नो पीडा पोख्ने गरेको भन्दै उनका ती नै सबै वास्तविक पीडालाई कविताका रुपमा यस संग्रहमा ल्याएको जानकारी दिनु भएको थियोरचनाकार कवियत्री मिश्र पोखरेल केसीले कविता संग्रह निस्कनुको कारण आफ्नो पीडा रहेको बताउनु भयो । उनले अमेरिकामा छोरी भेट्न जादाको आफ्नोपहिलो भ्रमणको काव्यात्मक वयान पढेर सुनाउनु भयो । अर्का स्रष्टा समाजका महासचिव रविन थपलियाको पहिलो कविता संग्रह सपनाको मान्छे कोलोकार्पण गरिएको थियो । ४४ कविताको माला गुथिएको सपनाको मान्छेको विवेचना गर्दै गोपीकृष्ण काफ्लेले रविनको कवितामा उनको जीवनको वयानरहेको बताउदै कविताले मानवीय जीवनले भोगेको र भाग्नु परेको विवशतालाई व्यग्ंयात्मक रुपमा कविताको वाणी दिएका छन् । रविनले मनभीत्रकोपीडादेखि आमाको माया र पलायनको अवस्थासँगै देशको अवस्थाले सिर्जिएको सामाजिक राजनैतिक विसंगतिमाथि काव्यवाण् चलाएका छन् । आफ्नोपहिलो कविता संग्रहबारे मन्तव्य दिदै रविनले कुनै बेला एउटा सिङ्गो संग्रह प्रकाशन गराउन खोज्दा प्रकाशकको आर्थिक दबाबले गर्दा अब कवितानै नलेख्नेनिर्णय गरेर संग्रहका सबै कविता च्यातेर फलेको अतीत सम्झदै आफु सानैदेखि कविता लेख्ने भएकोले केही समयको अन्तरालपछि फेरी कविता कोर्न थालेकोर ती कविताले संग्रहको कलवर पाएको बताउनु भयो । तीनवटै नवकृतिको लोकार्पण महावाणिज्यदूत डा. शर्माले गर्नु भएको थियो । लोकार्पणपछि डा.शर्माले पनि आफ्नो ५४ वर्षको प्रवासवासका बारेमा जानकारी गराउँदै नेपाली भाषा साहित्यका लागि समाजले गरेको कार्यको सराहना गर्दै समाजले भाषासाहित्यको विकास र सवद्र्धनमा पु¥याएको महत्वपूर्ण योगदानको लागि आभार व्यक्त गर्नु भयो । कार्यक्रममा एनआरएन क्यानाडाका महिला समितिकासंयोजक प्रमीला बस्नेतले स्रष्टाहरुलाई फुल गुच्छा दिएर बधाई दिनु भएको थियो ।
तेस्रो चरणको कार्यक्रममा ११ जना कविका कविता र तीनजना स्रष्टाका गीतहरु प्रस्तुत गरिएको थियो । कविता वाचन गर्नेहरुमा अनुप न्योपाने– देश बोकौंबोकौं लागी रहेछ, बवी बस्नेत– मेरो जिन्दगी, मोहन खरेल– छन्द कविता, , गोबिन्द घिमिरे– कलम, मुक्ती गौतम– शहीद दिवस्, गोपीकृष्ण काफ्ले– चाहना,केदार बस्नेत– सरस्वती, राधीका अर्याल– मेरो टाउको, डा. तुलसी धरेल– कविता, डा. गोबिन्द रावत– दिल, यादव पोखरेल– चार काल र यादवप्रसादसापकोटा– नेपाल आमालाई चिठ्ठी । त्यस्तै गीत प्रस्तुत गर्नेहरुमा लीलानाथ पाण्डे, गोबिन्द घिमिरे र हरी लम्सालले गजल प्रस्तुत गर्नु भएको थियो ।
एभरेष्ट टाईकाण्डोको सभाकक्षमा आयोजित कार्यक्रमको अन्त्यमा मुक्ती गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया