राजनराज शिवाकोटीको संगीतमा अर्को गीत – भिडियो सहित
धनराज वास्तविक : काठमाडौं, १६ माघ । कुनै बेला राजनराज शिवाकोटी पनि सर्जक, गायक हुन र ? भन्ने मान्छेको अभाव थिएन ।
उकालो सकिए पछि पक्कै ओरालो आउँछ, एकदिन सबैको पालो आउँछ भनेझै एकाएक सुर्के थैली खै ? बोलको गीतले चर्चा र सफलता पाईसके पछि शिवाकोटी कुरा काट्नेहरूका ओखती नै बने ।
उनले सिर्जना गरेका गीतको संख्या दुईतिन गीतमा मात्रै सिमित छैन् । बजारमा छक्का पञ्जा चलचित्रमा समाबेश पुर्वपश्चिम रेल बोलको गीतले पनि त्यति नै सफलता पायो ।
लोमोसमय देखि यस क्षेत्रमा लागेपनि धेरै पछि उनले चर्चा पाएको कुरा लुकाउन मिल्दैन् । पछिल्लो समय पछि उनले संगीत भरेको गीतको चर्चा छ । नायिका केकी अधिकारी र नायक पुष्पलको अभिनय रहेको भिडियोको चर्चा यतिबेला सर्वत्र चलेको छ । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’मा यि दुई चर्चित कलाकारको अभिनयका कारण गीतले एक किसिसमको उचाई पाएको हो ।
चर्चित चलचित्र छक्का पञ्जामा पुर्व पश्चिम रेल जस्तो हिट गीत दिन सफल संगीतकार राजनराज शिवाकोटीले संगीत भरेको यो गीतमा राजुबाबु श्रेष्ठका शब्द शृजना समावेश छन् ।
युवराज वाइबाले निर्देशन गरेको भिडियोलाई मुख्यतया युवा पुस्तालाई लक्षित गरिएको गायक परशुरामले बताए । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरलेले सम्पादन गरेका हुन् ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया