मेलिना राईको पहिलो कवाली गीत “मेरो चोखो मायाँ” बजारमा (भिडियो सहित)

इनेप्लिज २०७३ माघ १४ गते २३:०२ मा प्रकाशित

 

चर्चित गायिका मेलिना राईको आवाजमा दिनहुँजसो नयाँ नयाँ गीतहरु रिलिज हुने क्रममा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मेलिनाले गाएको पहिलो कवाली गीत ” मेरो चोखो मायाँ जिउँदै रेटियो”लाई सिडिएम म्युजिक क्रीयशनले बजारमा ल्याएको छ। प्रमोद भण्डारी”हालत खराब” को शब्दमा युवा गायक तथा संगीतकार सिडि विजय अधिकारीको संगीतमा, बिष्णु अधिकारीको एरेञ्जमा र चन्द्र चौधरीको मिक्सिङ्गमा रहेको गीतमा मेलिनाको स्टुडियो भिडियो बनाउन रमेश संग्रौलाले क्यामेरा,निर्देशन र सम्पादनमा साथ दिनुभएको छ।
यहि कवाली गीतको पुरुष भर्शन केही हप्ता अगाडि नै सिडि विजय अधिकारीको आवजमा रिलिज भैसकेको छ।

 

प्रतिक्रिया