ड्राइभर बन्न पनि सजिलो छैन न्युयोर्कमा

इनेप्लिज २०७३ माघ १४ गते २२:१८ मा प्रकाशित

नेपालमा छोराछोरीले परिक्षामा राम्रो अंक ल्याएन भने बावु आमालाई सन्तान ड्राइभर वा खलासी बन्ने भयो भन्ने चिन्ताले सताउने गर्दछ । तर, अमेरिकाको न्युयोर्कमा भने यही ड्राइभर बन्न पनि धेरैको लगि फलामको चिउरा चपाउनु बरावरनै हो ।

अमेरिकाको न्युयोर्कमा उवर र ट्याक्सी ड्राइभिङ आम्दानीको राम्रो श्रोत भएपनि यसको लाइसेन्स लिन भने त्यति सहज छैन । न्युयोर्कमा उवरको लाइसेन्स लिने ब्यबस्थामा पनि अहिले परिवर्तन गरिएको छ । न्युयोर्क ट्याक्सी एण्ड लिमोजिन कमिशनले (टीएलसी) अहिले सिधा दर्ता गरी नम्बर, प्लेट लिएर ब्यक्तिगत सवारीलाई उबरको रुपमा ब्यबसायिक ढंगबाट चलाउन पाउने ब्यबस्थामा परिवर्तन गरेको हो ।

ब्यक्तिगत सवारी साधनलाई ट्याक्सीको रुपमा संचालन गर्ने उबर ड्राइभरले पनि अब न्युयोर्क ट्याक्सी ड्राइभिङको कठिन परिक्षा पास गर्नुपर्ने छ । सिधै टीएलसीमा दर्ता गरी उबरले ट्याक्सीको रुपमा काम गर्न थालेपछि न्युयोर्कको पहेलो ट्याक्सी (एल्लो क्याब), हरियो ट्याक्सी ( ग्रीन, क्याब) लिमोजिन, ओझेलमा परिरहेको सन्दर्भमा अब सबैको एउटै यूर्निभर्सल लाइसेन्सको ब्यबस्था गरिएको छ । न्युयोर्कक टीएलसी ड्राइभर लाइस्ेन्स लिन यी सबैबाट सोधीने संयुक्त परिक्षामा उतिर्ण भएमात्र उबर वा ट्याक्सी चलाउन पाउछन् ।

उवर ड्राइभरसंग न्युयोर्कका स्थान र म्यापको जानकारी नहुदा धेरै सवारी दुर्घटना हुन थालेपछि टीएलसीले ट्याक्सीको लागि लिइने लिखित परिक्षा उतिर्ण हुनेले मात्र उबरको लाइसेन्स पाउने ब्यबस्था गरेको छ ।

यससंगै, न्युयोर्कमा उबरको लाइसेन्स भन्ने ब्यबस्था हटाइएको छ । अब टीएलसीले लिने ड्राइभिङ परिक्षा उतिर्ण हुने विद्यार्थीले उबर मात्र नभएर एल्लो क्याब, ग्रीन क्याब, लिमोजिन र लिभरी पनि चलाउन पाउनेछन् । एउटा युनिर्भसल लाइसेन्सको कन्सेप्टमा न्युयोर्क अगाडि बढेको छ ।

न्युयोर्कमा एउटा ट्याक्सी ड्राइभरले बर्षमा कम्तीमा पनि ९० हजार डलर अर्थात  नेपाली ९० लाख रुपिँया भन्दा बढी कमाउने गर्दछ । हाप्तामा ४० घण्टा काम गर्ने ड्राइभरले १५ सय डलर देखि दुई हजार डलर सजिलै कमाउन सक्ने भएकाले पनि अहिले यो पेशा धेरै नेपाली, बंगाली, भारतीय, पाकिस्तानी र अफ्रिकन मूलका नागरिकको आकर्षण बढीरहेको छ । तर, यसो भन्दैमा आम्दानी ट्याक्सी ड्राइभर बन्न सजिलो छ, त ? अबश्य छैन ।

न्युयोर्कमा ट्याक्सी ड्राइभर बन्नको लागि तपाईले धेरै चरणका परिक्षा पार गनुपर्ने हुन्छ । कम्तीमा अग्रेजीको राम्रो दखल हुनु पर्दछ । लाईसेन्स निकाल्दासम्म समय र पैसा पनि राम्रै खर्च हुने गर्दछण् । पहिला तपाईसंग न्युयोर्कको डीएमभीको लाइसेन्स हुनुपर्दछ । तपाईसंग भएको डी लाइसेन्सलाई इ मा परिवर्तन गरेपछि प्रक्रिया अगाडि बढ्छ ।

टीएलसी ड्राइभर लाइसेन्स लिनको लागि पहिला तपाईले आवेदन दिनुपर्दछ । ह्वील चेयर कोर्स, डिफेन्सीभ ड्राइभिङ कोर्ससंगै न्युयोर्कमा ट्याक्सी लाइसेन्स चार दिनको २४ धण्टा क्लास पनि लिनुपर्ने हुन्छ । त्यतिमात्र नभएर न्युयोर्कमा सवारी साधनसम्बन्धी नीति नियम, न्युयोर्क सिटीको म्याप, घर नम्बर पत्ता लगाउने लगाएता प्रश्न सहित कठिन लिखित परिक्षा पार गर्नुपर्दछ ।

परीक्षा पास भएर मात्र पनि हुदैन । तपाई न्युयोर्क अमेरिकामा वैद्यानीक ढंगले बसेको प्रमाणित पनि हुनुपर्दछ । तपाईसंग काम गर्ने वैद्यानिक कागजात छ कि छैन ? कुनै अपराधिन क्रियाकलापमा संलग्न छ कि छैन ? लगायत तपाईको ब्याकराउण्ट चेक पनि हुन्छ । त्यतिमात्र हैन, अहिले फिंगर प्रिन्ट पनि अहिले लिइन्छ । ड्रग टेष्ट परिक्षा र स्वास्थ्य परिक्षणमा पनि तपाई उतिर्ण हुनुपर्दछ ।

अनि मात्र तपाई न्युयोर्कमा ट्यासी चलाउन लायक बन्नुहुन्छ । एउटा उबर चालक र ट्याक्सी ड्राइभर बन्नको लागि तापईको चार हजार डलर देखि ५ हजार डलरसम्म खर्च हुन्छ । त्यसैले पनि भनिन्छ( “न्युयोर्कका ड्राइभर न्युयोर्कका पर्यटन दूत र पहिचान हुन् ।” त्यो न्युयोर्कमा लगानी पनि हो ।

 

प्रतिक्रिया