न्युयोर्कमा झन्डै १ सय पटक चालक अनुमति पत्र निलम्बित भएको व्यक्ति प्रहरी द्वारा पक्राउ

इनेप्लिज २०७३ माघ १३ गते ३:१७ मा प्रकाशित


अमेरिका जस्तो देशमा कडा कानुन हुँदा हुदै कानुनको वास्ता नै नगरी कानुन उलंघन गर्ने पनि त्यतिकै भेटिन्छन l यस्तै कानुन पटक पटक उलंघन गर्ने मानिस प्रहरी को फेला परेको छ l न्युयोर्कको लंग आइल्याण्डका प्रहरीले आफ्नो चालक अनुमति पत्र (लाइसेन्स) झन्डै एक सय पटक निलम्बित भएको ज्याद्रो व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन l

९५ पटक सवारी चालक अनुमति पत्र निलम्बित भएको मानिसलाई बन्दुक र लागु पदार्थ सहित कब्जामा लिइएको छ l न्युयोर्क राज्यको सफोक काउन्टी प्रहरी विभागका अनुसार ति ४७ बर्षिय जेरी टेंजी मंगलबार राति एक उद्यान मा समातिएका थिए l अनुमति चालक पत्र रहित गाँजा तथा हातहतियार सहित समातिएका थिए l

प्रहरीले खोज तलास गर्दा गाजाको गन्ध गाडी बाट आएकोले खोज्ने क्रममा गैर कानुनि बन्दुक सहित गाँजा समेत फेला परेकोले उनलाई मुद्धा लगाईने भएको छ l बिभिन्न नौ मितिमा ९५ पटक निलम्बित भएको उनि संग चालक अनुमति पत्र भएको र प्रहरीले निलम्बित किन भएको भन्ने उल्लेख नगरेको एपीमा समाचार लेखेको छ l

प्रतिक्रिया