चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले अब मेकअप स्टुडियो पनि सञ्चानलनमा ल्याए

इनेप्लिज २०७३ माघ १२ गते ११:३४ मा प्रकाशित
काठमाडौँ : चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले अब मेकअप स्टुडियो पनि सञ्चानलनमा ल्याएका छन्। उनको एनडीके (निल डेभिड कटुवाल) मेकअप स्टुडियो एण्ड ट्रेनिङ एकेडेमीको मंगलबार राजधानीको सुनधारास्थित सिभील मलमा एक समारोहबिच अभिनेत्री गौरी मल्लले शुभारम्भ गरिन्।
अभिनेत्री मल्लले २ वर्षअघि सोही स्थानमा निल डेभिडको हेयर सलुनको शुभारम्भ गरेको सम्झना गर्दै अहिले मेकअप स्टुडियोसमेतको शुभारम्भ गर्न  पाएकोमा खुशी व्यक्त गरिन्। उनले यसबाट स्तरिय मेकअप गर्न चाहनेले लाभ लिन सक्ने चर्चा गर्दै फिल्म र टेलिफिल्मका विभिन्न चरित्रलाई गेटअप दिन चाहनेले पनि फाइदा लिन सक्ने बताइन्। त्यसै गरी पत्रकार विदुर गिरीले निल डेभिडले हलिउड आर्टिष्ट मेकअप आर्टिष्टबाटै हेयर स्टाइलका साथै मेकअपका विभिन्न शैली र मेकअपका साथमा फिल्मी मेकअप तथा दुर्घटनाबाट घाइते एवं अन्य चरित्रलाई पनि सजिव रुप दिन सक्ने कलाको अध्ययन गरेर आएकाले उनले त्यसप्रकारका मेकअपमा पनि आफुलाई अगाडि बढाउनुपर्ने सुझाव दिए। त्यसै गरी अर्का पत्रकार कृष्ण भट्टराईले निल डेभिडको मेकअप स्टुडियो सञ्चानलमा आएसँगै अब त्यहाँ गएर मेकअप गरी आफुले चाहेको स्थानमा सिधै जान सरल भएको बताए।
नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामूनि एकैसाथ हुने गरी युनिसेक्ससलुन सञ्चालन गरेर क्रान्ति ल्याउका निलले ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए। बुलेण्डाबाट पाएको मेकअपसम्बन्धि ज्ञान नेपाली सौन्दर्यप्रेमीका लागि प्रयोग गर्न आफुले लामो समयको अध्ययन र गृहकार्यपछि पहिलोपटक मेकअप स्टुडियो सञ्चालनमा ल्याएको निलले जानकारी गराए।  आप्mनो मेकअप स्टुडियो र एकेडेमीमा शुरुमै १४ जना विद्यार्थी भर्ना भएको र तीनले मेकअप कला सिकी फिल्म, टेलिफिल्म तथा म्युजिक भिडियोको मेकअप क्षेत्रमा योगदान गर्न सक्ने बताए। सिभील मलको पहिलो तल्लामा रहेको निल डेभिड्स हेयर एण्ड सलुनसँगै रहेको मेकअप स्टुडियोमा सौन्दर्यसम्बन्धि सबैप्रकारको सेवा उपलब्ध हुने उनले बताए। उनका अनुसार सेलिब्रेटी मेकअपदेखि सुटिङ र फोटो शेषनसम्मका लागि मेकअपको काम हुने स्टुडियोबाट फिल्म, टेलिफिल्म, भिडियो फिल्मका साथमा ब्राइडल प्याकेज, एस्कुलसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप, हेयर स्टायलजस्ता सबैप्रकारको सेवा प्रदान गरिनेछ भने मेकअपसम्बन्धी तालिमको व्यबस्था पनि हुनेछ। सेलिब्रेटीदेखि दुलाहा दुलही तथा सर्वसाधरणले आफ्नो मेकअप स्टुडियोमा आएर मेकअप गरी सिधै सुटिङ सेट, जग्गे र पार्टीमा जान सक्ने उनले बताए।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका निलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन्।  १५ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आप्mनो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका निलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको
सलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउँदै विभिन्न स्थानमा स्तरिय सलुन स्थापनाको श्रेय पाएका छन्। हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशालाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन्।
सन् १९९९मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेशन इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीबाट फेशन डिजाइनिङ कोर्ष लिएका उनले सिंगापुर घुम्न जाँदा नारी पुरुष समान भन्ने मान्यताअनुसार महिलाले पुरुष र पुरुषले महिलाको कपाल सजावट गरेको देखेपछि फेशन डिजाइनर बन्ने योजनलाई पर सारी दिल्ली पुगेर हेयर स्टाइल कोर्ष गरेका थिए भने थाइल्याण्डको फुकेट कसमोबाट हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका थिए। हेयर स्टायलमै करियर बनाउने उद्येश्यले
निलले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिष्ट टोनी एण्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एण्ड कलर कोर्षसमेत गरेका थिए भने ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्म मेकअपको कोर्ष पूरा गरेका थिए।
नेपालको पहिलो अन्तराष्ट्रिय मान्यताप्राप्त हेयर स्टाइलिष्ट निलले २००८ मा आँखामा पट्टी बाँधेर २५ मिनेटमा ५ विभिन्न हेयर कट गरी किर्तीमानसमेत कायम गरेका थिए।

प्रतिक्रिया