पञ्चे बाजाको भाकामा ‘ओराली बर’

इनेप्लिज २०७३ माघ ११ गते ९:२१ मा प्रकाशित

– कुमार ‘अविरल’ पन्थी

साउदी अरब । बसन्त फिल्मस् (प्रा.)लि.ले पन्चेबाजा ‘ओरालीमा बर’ नामक गीति एल्बम यूट्युबमार्फत सार्वजनिक गरेको छ ।

गीत संगीतको क्षेत्रमा अग्रभागमा रही आफनो कार्यलाई निरन्तरता दिइरहेको फिल्मसले विशेषत नयाँ र न्यून आय भएका कलाकारलाई प्रोहोत्सान गर्ने गरेको छ ।

लोकप्रिय गायिका देवी घर्ती र सर्जक तथा गायक शरद पाण्डेको आवाज रहेको गीतमा सर्जक पाण्डे कै शब्द रचना तथा चर्चित सर्जक बसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियोमा केशव कंडेल दुलाहा र रन्जिता कटुवाल दुलहीको रुपमा देख्न सकिन्छ । मन्जिता केसी, ईश्वर काफ्ले, मोहन शाह, तिलु शर्मा पौडेल, मधुसुदन डागी लगायतको अभिनय रहेको छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई हरिहर महराले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगीतिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् (प्रा)लि.ले बजार व्यवस्थापन गरेको हो ।

आफनै कार्यसमिति भित्र र बाहिरका कलाकारहरुलाई समेटेर फिल्मस कै प्रस्तुतिमा पञ्चे बाजाको गीति एल्बम ‘ओरालीमा बर’ बजारमा आएको हो । गीत सार्वजनिक भएको केही समयमा नै दर्शक श्रोताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको गायक शरद पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया