एनआरएन क्यानाडाको लगानी बैठकमा अध्यक्ष कुर्लिए

इनेप्लिज २०७३ माघ ११ गते ९:०८ मा प्रकाशित

 

आईतबार जनवरी २२ का दिन गैरआवासीय नेपाली संघ क्यानाडाले ‘नेपालमा लगानी गरौं’ कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम हुन अघिनै भव्यताकासाथ आयोजना गर्न लागेको र ४०० जनाको उपस्थिति रहने भनेर समाचार छापियो तर संख्याले सय नघाउन सकेन । लगानी सम्बन्धी कार्यक्रम भनिएकोले संस्थामा आवद्ध सबैले संस्थामा बसेर गरेको आआफ्नो कामको लगानीको फेहरिस्त सुनाउन थालेको देखियो । कार्यक्रम संयोजक र अध्यक्षले मञ्चबाटैखबरदारी गर्दै गैरआवासीय नेपाली संघ क्यानाडाको नेतृत्वमा अरु संस्था रहनु पर्नेसम्म भनेका थिए ।। कार्यक्रम संयोजक तुला भटचनले अध्यक्षलाईअहिलेसम्मको सफल अध्यक्ष भन्दै मञ्चबाट घोषणा गर्दै उनको विरोधमा बुद्धिजीवि लागेकाको र नाम भन्न नमिल्ने भन्दै संस्थाको कामको तारिफ आफैले गरेकाथिए । अध्यक्ष तुलसी सापकोटाले पनि आफु जतिको सफल कोही नभएको र आफ्नो विरोध गर्नेहरुलाई कामजोर भएको भन्दै आफुले चाहे फेरी अध्यक्ष बन्नसक्ने र चुनाव जित्न सक्ने भन्दै विज्ञापनदाताहरुलाई समेत पैसा नदिएकोमा कडा बचनले विरोध गरेका थिए । उनले जातिगत संस्था खोलेको र एनआरएनक्यानाडालाई सहयोग नगरेको समेत भन्न चुकाउनु भएन कार्यक्रम लगानी सम्बन्धी भए पनि विशाल टोरोन्टोवासी नेपालीले एनआरएन क्यानाडा भित्रकोआन्तरिक अवस्थाबारे पदाधिकारीहरुबाटै थाहा पाएर मजा लिईरहेका थिए । अमेरिका, जर्मन र बेलायतबाट आउनु भएका पाहुनाहरुले पनि एनआरएनक्यानाडाको आन्तरिक कलह सुन्ने मौका पाएका थिए ।

एनआरएन क्यानाडाका अध्यक्ष तुलसी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताका रुपमा गैरआवासीय नेपाली संघका केन्द्रिय उपध्यक्ष कुमारपन्तले नेपालमा लगानीका सम्भाव्ताका बारेमा प्रकाश पार्दै विभिन्न क्षेत्रमा लगानी गर्न आव्हान गर्नु भयो । उनले एनआरएनको संयुक्त लगानीका बारेमाजानकारी गराउदै ४ वर्षअगाडि ९०० जना जलविद्युतमा लगानी गरेको र योजनाको ४० प्रतिशत कार्य पुरा भएको जानकारी गराउनु भयो । एनआरएनले संयुक्त लगानीको ढोका खोली दिएको भन्दै पन्तको आफ्नै नेतृत्वमा डा. केशव पौडेल र कुल आचार्यको सहभागितामा नेपालमा लगानी गरौं अभियान शुरु गरेकोजानकारी गराउनु भयो । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले लगानीका विभिन्न क्षेत्रका बारेमा प्रकाश पार्दै नेपालबाट बाहिरिए पनि नेपालमा र नेपालका लागि केही गर्न सकिने भएकोले लगानी गर्न जोड दिनु भयो ।  बेलायतबाट आउनु भएका एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्यले एन आर एनले  ६७ वटा क्षेत्रमा अहिलेसम्म २९,८५५ मिलियन रुपियाको लगानी गरेको जानकारी दिनु भयो । उनले एनआरएन इन्भेस्टमेन्ट कम्पनीमा लागनी गरेर  राष्ट्रप्रति आफ्नो दायित्व पुरा गर्न सकिने बारे जानकारी गराउनु भयो । उनले लगानी आर्थिक र भौतिक पनि हुने भएकोले आफुले गर्न सक्ने लगानीका लागि अनुरोध गर्नु भयो ।

तिनै आगन्तुक बक्ताहरुले विशेष गरेर लगानी गर्नमा नै जोड दिनु भएको थियो । तर लगानी गर्न विदेशबाट पैसा पठाउन र भोली लगानीको प्रतिफल आफु बसेको मुलुकमा कसरी ल्याउन सकिन्छ भन्नेबारे पनि वक्तहरुले मुलुकको अवस्था माथि प्रकाश पार्दै गए हुने र असुविधा हुने प्रसङ्ग पनि कोट्याएका थिए ।यसको समाधानका बारेमा के कस्तो कदम चालिने वा एनआरएनले यस विषयमा के गर्ने छ भन्ने बारे कुनै जानकारी गराइएको देखिएन ।

देशले नयाँ संविधान पाएको छ । संविधान अहिले विवादित भएको छ भने देशमा राजनीतिक स्थिरता बढ्दै गएको छ । संविधानमा विदेशमा बस्ने नेपालीलाईपनि नेपाली मान्ने भन्दै दोहोरो नागरिकाता पाउने भनिए तापनि अझ प्रष्ट रुपमा अगाडि आएको छैन । न त एनआरएनले नै यसबारे प्रष्ट्याउने जमर्को गरेको छ। यसबारे न त कुनै वक्ताले केही बोलेका थिए ।

बेलायतबाट आउनु भएका प्रवासी नेपाली मञ्चका अध्यक्ष तथा एनआरएन बेलायतका संस्थापक अर्का वक्ता रामशरण खड्काले साहित्यिक भाषामानेपालप्रतिको हाम्रो लगाव र भौतिक लगानीका बारेमा आकर्षक तरिकाबाट प्रकाश पार्नु भयो । तर एनआरएनको भाषा साहित्यको लगानीका बारेमा भने एकशब्द पनि चुहाउनु भएन । बरु वहाँहरुको क्यानाडा आउने मुल उद्देश्य भनेको कुमार पन्तजीको आगामी केन्द्रिय चुनावमा सभापतिको लागि उम्वेदबारीदिनेबारे प्रकाश पार्नु भयो । यो चार सदस्यीय टोलीको भ्रमण लगानी थियो वा आगामी चुनावको लागिको प्रचारको शिलन्यास थियो ठम्याउन उपस्थितक्यानाडावासीहरुलाई गाहे भएको थियो । अझ एनआरएन क्यानाडाको कार्यक्रमअघि एउटै दलका दुई गुटले आआफ्नो तरिकाले कार्यक्रम राखेर सहभागितागराएको देख्दा भ्रमणले राजनीतिक गन्ध पनि छरेर गएको थियो । यस बारे अध्यक्ष सापकोटाले मञ्चबाटै कार्यक्रम दुई घण्टा ढिलो हुनुमा पाहुनाहरुलाईतानातान गरेर अन्तै लगेको कारण भएको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष पन्तले गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ६१२ घर सहितको एकीकृत बस्ती निर्माण अभियानमा सहयोगगर्न क्यानडाको नेपाली समुदाय समक्ष आग्रह गर्नु भयो। लाप्राक एकीकृत बस्ती निर्माणका लागि क्यानडाबासी नेपालीले ९ हजार डलरको प्रतिबद्धता जनाएकोर चन्दा संकलन अभियान पनि तुरन्त शुरु भएको थियो । तर एनआरएनले भुईचालोको नाममा उठाएको चन्दाको रकमको बारेमा एक शब्द पनि खर्चिएन भनेएनआरएन क्यानाडाले उठाइएको चन्दाका बारेमा कति उठाइयो र के भयो भन्ने बारे आजको मितिसम्म पनि एनआरएन क्यानाडाले केही बोलेको छैन ।क्यानाडाबाट अरु संघसंस्थाले उठाएको चन्दा आफ्नो बार्षिक आयव्ययमा देखाएको पाइन्छ ।

एनआरएन क्यानाडाका कोषाध्यक्ष सुर्यप्रसाद भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा हातेमालो नेपालको उद्देश्यका बारेमा कमल पौडेललेप्रकाश पार्नु भएको थियो । कार्यक्रमा एनआरएन क्यानाडाका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रिय सल्लाहकार नवराज गुरुङ्गले लगानीका बारेमाएनआरएनको विधानमा रहेको बुँदाहरुको प्रसङ्ग काट्याउदै क्यानाडाबाट रनेश कोईरालाको नेतृत्वमा भएको घुम्ती पुस्तकालय र डा. प्रमोद ढकालको नेतृत्वमाभएको खुला विश्वविद्यालय जस्तो बौद्धिक लगानी महत्वपूर्ण रहेको जानकारी गराउनु भयो । वहाँले आर्थिकमात्र नभएर बौद्धिक लगानीको आवश्यकतामाथिजोड दिनु भएको थियो ।

कार्यक्रमको रमाइलो पक्ष भनेको पाहुना वक्ताहरुले आफ्नो बक्तव्यमा लगानीका बारेमा  हिजो राती कुरा भएको भन्ने बाक्य बारम्बार प्रयोग गरिएको थियो । तरकता भएको भने कसैले भनेनन् ।

दोस्रो दिन स्वनिर्मित कार्यक्रम बारे प्रकाशित समाचारहरुले सात बजेदेखि नौ बजेसम्म नेसनल बेंकट हलमा उपस्थित दर्शकलाई आफुबाट छुट्यो कि भन्ने भानपार्न थालेको थियो । किनभने समचारमा तीन ठाँउमा भएको सबै कुरा एनआरएन क्यानाडाको कार्यक्रममा भएको र अन्त बोलेका मित्रको नाम  पनि एनआरएनक्यानाडाको कार्यक्रममा बोलेको भनेर प्रकाशित गरिएको देखियो भने दुई घण्टे लगानी सम्बन्धी अन्तत्र्रिmया कार्यक्रमलाई एक दिने लगानीमा केन्द्रित सम्मेलनभनिएको देखियो ।

प्रतिक्रिया