स्वास्थ्यमन्त्री थापा स्विटजरल्याण्डमा

इनेप्लिज २०७३ माघ १० गते २३:३२ मा प्रकाशित

स्वास्थ्यमन्त्री गगन थापा गत आइतवार बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको १ सय ४० औं सेसनमा भाग लिन स्विटजरल्याण्डको जेनेभामा आएका छन् । ३ दिनका लागि आएका स्वास्थ्य मन्त्रि थापाको समय अनुकुल पारि आइतवार कै दिन नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले जेनेभामा भेटघाट कार्यक्रम राखेको थियो ।

भेटघाट कार्यक्रममा मन्त्री थापाले हाल नेपालमा चलिराखेको राजनीतिक स्थिति बारे बताएका थिए । नेपालमा स्वार्थको राजनीति गर्ने नेताहरू संविधान जारी भएदेखि संविधान कार्यन्वयन गर्नु भन्दा राजनीतिक लुछाचुडमा लागिरहेका र यो स्थिती निर्वाचन नभई यसरी नै अगाडी बढे देशले फेरी पनि २०१७ सालको अवस्था झेल्ने हुनाले दलहरु यथाशीघ्र मिलि निर्वाचन गर्नु पर्ने बताएका थिए l

देशमा संविधान जारी भएदेखि चर्किएका बिभिन्न मागहरुलाई राजनीतिक सम्बाद मार्फत हल गर्नु पर्ने तथा देशको बिकाश संघीयताले नै हुने हुँदा जनतालाई संघीयताबारे सही सूचना दिनु पर्ने बताए । मधेशमा उठेका सही मागलाई ठाउँ नदिइ पेल्नु र आन्दोलन चर्काउनु जस्ता गलत बाटो लिनु भन्दा राजनीतिक बाटो मार्फत ब्यबस्थापन गर्न जरुरि रहेको मन्त्री थापाले बताएका थिए ।

कृषि क्षेत्रमा ज्ञान भएता पनि बिभिन्न च्वाईस मध्यमा स्वास्थ्य मन्त्रालय छानेको हुँ । आफ्नो कार्य अवधिमा देशको स्वास्थ्य क्षेत्रमा कुनै दबाब, प्रभाव र राजनीतिक आग्रहमा नपरी नीति नियम भित्र रहेर काम गर्ने बारे मन्त्री थापाले बताएका थिए l

प्रतिक्रिया