“म पनि”
इनेप्लिज
२०७३ माघ ८ गते २०:३८ मा प्रकाशित

म पनि त मान्छे नै हु
म भित्र नि मुटु चल्छ
किन मेरो जीवनमा
आधीहुरि मात्रै चल्छ ।
किन भए तिरस्कृत
किन भये हेला
अपमानको भुमरी मा
किन परे फेला ।
किन दुःखछ मेरो छाती
किन पोल्छ मुटु
दुःखी मेरो जीवनमा
कसो गरी हासू ।
काड़ै काड़ा बटुलेर
फूल टिप्न सकिन्
आशु आशु बटुलेर
हासो दिन सकिन्
प्रतिक्रिया