मोहनको गीतमा नायिका र भिजेको रोमान्स

इनेप्लिज २०७३ माघ ५ गते ११:५७ मा प्रकाशित

काठमाडौं— गायक मोहन के. राईले ‘तिमीसंग…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् ।

शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ । आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पि गाविसको आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन् ।
आमा कन्चन राई र बुवा भैरव बहादुर राईका जेठो सन्तानको रूपमा ईटहरीमा जन्मिएका गायक राई मेचीनगर काकडभिट्टाका स्थायी बासिन्दा हुन् । हाल काठमाडौंमा रहेर आफ्नै व्यवसायमा समेत आवद्ध भई सांगीतिक क्षेत्रमा समेत सक्रिय भईरहेका छन् । विगत एक वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक राईले सांगीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाइसकेका छन् ।
यस्तो छ भिडियो:

 

प्रतिक्रिया