बलिउडका ६ जोडीः जो आफ्नो पूर्व जोडीलाई देख्नै चाहँदैनन्, देखिहाले भाग्छन्!

इनेप्लिज २०७३ माघ ३ गते २३:२८ मा प्रकाशित

मुम्बई । तपाई अब यो कुराबारे जानकार हुनुहुने छ कि कुनै सभा समारोहमा आफ्नो प्रेमिकासंग ठोकिनु कतिसम्मको समस्या झेल्नुहुन्छ ।

यस्तो समयमा मानिस एक अर्काबीच नजर जुधाउँछन् वा अनुहारको सक्कल नै परिवर्तन गर्ने गर्छन् ।

किनकी तपाईलाई आफ्नो प्रेमीकासंग कुनै अप्ठेरो महसुश हुँदैन । तर, यस कुरामा हामी मात्रै एक्लै छैनौं । बलिउड स्टार पनि यो समस्यासंग जुध्छन् ।

आज हामी तपाईलाई यस्तै एक बलिउड जोडीका बारेमा जानकारी दिन्छौं । जो कुनै बेला एक अर्काबीच निकै माया गर्थे । तर, आज आफ्नो पूर्व प्रेमी वा प्रेमीकालाई देख्ने वित्तिकै नाक खुम्च्याउँछन् । वा अर्को बाटोमा हिड्छन् ।

सलमान र ऐश्वर्या

‘हम दिल दे चुके सनम’ बाट सलमान खान र ऐश्वर्या राय प्रेम सम्बन्धमा जोडिएका थिए । तर, उनीहरुबीच विवाह हुन सकेन । यसबारेमा हामीलाई पनि थाहा छैन । तर, सबैलाई थाहा छ कि यीं दुई एक अर्कालाई देख्ने वित्तिकै भाग्ने गर्छन् ।

अमिताभ र रेखा

अन स्क्रीन प्रेम गर्दा गर्दै कहिले अफ स्क्रीन भए त्यो त हामीलाई थाहा छैन तर, अफ स्क्रीन सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । यसपछि पनि त्यहि सिलसिला सुरु भयो जुन प्रत्येक प्रेम कथामा हुने गर्छ । कैयौं पटक रेखा र अमिताभ एक अर्काबीच नजर जुझाइरहेको बेला पक्राउ परेका छन् ।

जोन र बिपाशा

बलिउडमा प्रेम कहानीका उदाहरण बनेका जोन र बिपासाको जोडी ब्रेकअपमा पुग्यो तर, यसलाई सबैले विश्वास गर्न सकेनन् । कुनै समय जिम क्लवमा एक अर्कालाई साथ दिने यो जोडी आजभोली एक अर्काको मुखसम्म हेर्न सक्दैनन् ।

करिश्मा र अभिषेक

छ वर्षको लामो सम्बन्ध र त्यसपछि इङ्गेजमेन्ट र पछि ब्रेकअप । यीं दुइटाको कहानी पनि यस्तै छ । जुन समारोहमा रेखा र अमिताभ टाढा भागिरहेका थिए त्यही समारोहमा करिश्मा र अभिषेक पनि लुकिछिपी डिँडिरहेका दिए ।

अक्षय र रबिना टण्डन

कुनै बेला एक अर्काबिना मर्न र बाँच्न नसक्ने कसम खाएका अक्षय कुमार र रीन टण्डनको प्रेम सम्बन्धमा पनि दरार आयो । अहिले उनीहरु एक अर्काको अनुहार पनि हेर्न चाँहदैनन् ।

शिल्पा र अक्षय

शिल्पा र अक्षयको जोडी पनि कुनै बेला चर्चित बनेको थियो कि सबैले अब यो जोडीले विहे गर्छ सोचेका थिए । तर, उनीहरुबीचको सम्बन्ध टिक्न सकेन । एकता कपूरको एक पार्टीमा यीं दुबै एक अर्कालाई नचिनेको जस्तै गरेर भागेको देखिएका थिए ।

प्रतिक्रिया