सर्वोच्चद्वारा ध्यानाकर्षण

इनेप्लिज २०७३ पुष २६ गते १३:०४ मा प्रकाशित

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित भएर समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोलकल्पित समाचार आउनु दुःखद् भएको र त्यसप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कानुनअनुरुप गरिएका कार्यप्रति अवान्छित शङ्का, उपशङ्का र न्यायपालिकाप्रति भ्रम पैदा हुने खालका समाचार प्रकाशन÷प्रकाशन नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया