दोहा मा नेपालि दुताबाशमा मजदुरलाइ सास्ती!!!

इनेप्लिज २०७३ पुष २६ गते १२:३० मा प्रकाशित

ध्रुब क्षेत्री – दोहा कतार , पौष २६, करिब ५ लाख हाराहारी नेपाली मजदुर भएको कतारमा बाहिर देश बाट यहाँ काम गर्ने मजदुर मध्यमा अनुमानिक धेरै लेबर काम गर्ने नेपाली नै छन् ! अनेक समस्या बाट झेलिएका नेपाली मजदुरहरु कतिलाई त दुताबाश कहाँ छ र कसरी त्यहाँ पुग्ने भन्ने समस्या ले गिजालिएको हुन्छ , त्यही  पनि कतिलाई यहाको दोहा सिटि र अन्य  बजार जान सम्म फुर्सद हुदैन कारण त त्यही  नै हो” सानो तलब सुबिधा, महँगो टेक्सी भाडा अनि समय को अभाब वा कम्पनि ले भनेको समयामा छुट्टि नदिनु!! आज दोहा को अल्लि चहल पहल हुने दिन वा यहाँ का सरकारी वा निजि कम्पनीका सबै कार्यालय खुल्ने दिनमा ,नेपाली मजदुरहरु पनि आफ्नो राज्यको प्रमुख निकाय मानेर बसेको नेपाली  दुताबाश कतारमा बिभिद समस्या लिएर जानेनै भए! कयौ आफ्ना पासपोर्ट नबिकरण त कति भिसा परिवर्तन वा अति आबस्यक जस्ता आफन्त को मृत्यु र मृतक को सब नेपाल पठाउनु पर्ने जस्ता तर यहाँ का कर्मचारी को मनोमानी हेर्ने हो भने यो कुनै ब्यक्ति को कम्पनि हो! आज कुनै दसैँ , दिवाली वा इद को बिदा थिएन वा पुष २७ पनि होइन जहाँ कार्यालय अनौपचारिक रुपमा बन्द जस्तै हुनु पर्ने! तर जे देखियो अल्लि भिन्न’ बाहिर तिर सयौ नेपाली मजदुरहरु आफ्ना समस्या लिएर उभिएका छन् तर माथिल्लो निकाय वा मजदुर संग सरोकार राख्ने अफिश का ढोका बन्द छन् ! सर्बसाधरण का हुल बाहिर यत्र – तत्र छन् कोहि कसैको चासो छैन, नत त्यहाँ को भिड लाइ एकत्रित गर्ने वा कसैको समस्या लाइ वास्ता गर्ने! यसै मध्य का एक पिडित हुन् कुनै १ कम्पनि मा काम गर्ने मजदुर खिम सुनार’ जो आफ्नो साथि मृतक गोविन्द राज कार्कीको लास नेपाल पठाउनको लागि डकुमेन्ट तयार पार्न नेपाली दूतावासमा दुई दिन देखि धाइरहेको छन् ।


सुनारका अनुसार हिजो अर्थात ९ जनवरी २०१७ मा यहाँ आए तर उनलाई  पेपर नमिलेको भनि फर्काइयो र आज १० जनवरी २०१७ मा बिहान ७ बजे देखि दुताबाश को ढोका मा पर्खि बसेका रहेछन , आज अफिस ९ बजे खोलियो तर कोहि पनि अफिशमा बस्ने कर्म चारी आएनन र सुनारले १०:४१ बजे उपस्थित कार्यालयका कर्मचारी सँग सोध्दाथाहा पाए कि सबै जसो कर्मचारीहरु नेपाल बाट आज पाल्नु हुने मन्त्रि ज्यु को स्वागत मा आबस्याक सामान किन्न कतारमा प्रमुख मानिएका सफारी मल, लुलु हाइपर मार्केट,सिटि सेन्टर तिर गएका रहेछन !


यहाँ बाहिर हेर्दा करिब २०० को हाराहारीमा कामदार आ-आफ्नो समस्या लिएर बस्नु भएको छ, तर दूतावासका कर्मचारी भने नेताका चाकरी गर्न तत्लिन देखीको बुझियो । १ जना कन्चनपुर घर भएका रमेश चौधरी ले भने हामी चारलाख कामदारको हकहितको लागि बसेको दूतावासका प्राय सबै कर्मचारी नेताको चाकरीमा दौडन्छन  भने हामीले कुन चाई सेवा र सुबिधा को अपेक्षा गर्ने भन्दै आफ्नो गुनासो पोखेका थिए ! जानकरी अनुसार नेपाल बाट परराष्ट्र  मन्त्रि कतार हुदै अमेरिका जान आउनु लाग्नु भएको रहेछ र उहाको सम्मान मा केहि दिन देखि दुताबाश तल्लिन छ र सुनिन्छ यहा मन्त्रि ज्यु बस्द्दा सम्म दुताबाशको समस्या येस्तै देखिने पक्का छ! यस् समस्या तिर दुताबाशका कार्याकारी र खूद नेपाल सरकार को ध्यान जान आबस्यक  देखिन्छ!

प्रतिक्रिया