कुश्मा बजारमा माघे सक्रान्तिका दिन ‘पाँच कवि पाँच कविता’ कार्यक्रम हुने

इनेप्लिज २०७३ पुष २६ गते ०:०७ मा प्रकाशित

पर्वत। कुश्मा बजारमा  माघे सक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ ।  माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड–चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशिल लेखक संघ पर्वतले चाँजो–पाँजो मिलाएको हो ।

प्रगतीशिल लेखक संघ पर्वतले ‘पाँच कवि पाँच कविता’ शिर्षकमा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका पाँच प्रगतीशिल कविका कविता वाचन गर्ने जनाईएको छ ।

साहित्य अन्तर्गत कविता विधाको नयाँ रचना र सिर्जनामा खडेरी परेको तथा नयाँ सिर्जनशील कविको सिर्जनालाई उत्प्रेरणा दिन उक्त कार्यक्रमको आयोजना गरिएको प्रगतीशिल लेखक संघ पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनले जानकारी द्यिए ।

उक्त कार्यक्रममा पर्वतका युवा कविहरु संगीत श्रोता, ओम प्रसाद घायल, भरत विवश पौडेल, गणेश कुमार जिसि र आर के अदिप्त गिरिको पाँच÷पाँच कविता वाचन गरिने उनले बताए । उक्त रचना वाचनले नयाँ पुस्ताका सिर्जनशील युवालाई कविता लेखन र वाचनमा थप उर्जा प्रदान हुने आयोजकको विश्वास रहेको छ ।

आयोजकका अनुसार लेखनको पनि मुल्य हुनु पर्छ भनेर पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पहिलो पटक टिकट काटेर कविता श्रवण गर्न सकिने व्यवस्था गरिएको हो । टिकट दर २ सय ५ सय रहेको प्रलेसंघले जनाएको छ । यसबाट प्राप्त रकम व्यवस्थापन खर्च कटाएर बाँकी कविहरुलाई पारिश्रमिक दिईने बताएको छ ।

प्रलेसंघ पर्वतका अनुसार पर्वत जिल्लामा जन्मिएर कविताको माध्यमबाट जिल्लालाई चिनाउन सफल जिल्लाका पाँच जना कविहरुलाई कविता वाचन गर्ने अवसर दिईने छ भने प्रत्यक कविहरुले पाँच पाँच कविता सुनाउने छन् ।

प्रतिक्रिया