मनिषा कोइराला अचानक यस्तो अवतारमा !

इनेप्लिज २०७३ पुष २३ गते १२:०९ मा प्रकाशित

 

क्यान्सरको सफल उपचारपछि बलिउडमा फर्किएकी अभिनेत्री मनिषा कोइराला अचानक निधारमा तिलक, गलामा रुद्राक्ष पहिरिएर गेरु वस्त्रमा देखा परिन् ।

भारत, मध्यप्रदेशको उज्जैनस्थित पाइलट बाबाको आश्रममा मनिषा यस्तो आवरणमा झुल्किएकी हुन् ।

आमासँगै पाइलट बाबाको आश्रममा बसेर मनिषा क्षिप्रा स्नानदेखि जप-तप र योगमा सहभागी भएकी थिइन् ।

manisha-koirala1

पछिल्लो समय उनी ‘डियर माया’ फिल्म छायांकनका लागि सिम्लामा थिइन् । उज्जैनमा सिंहस्थ मेला सुरु भएपछि उनी सुटिङ छाडेर पाइलट बाबाको शरणमा आएकी हुन् ।

 

‘ग्ल्यामर दुनियाँबाट पन्छिएर केही दिनका लागि धर्म एवं अध्यात्मवाट शान्तिपूर्वक जीवन जिउन’ पाइलट बाबाको क्याम्पमा आइपुगेको उनले बताएकी छन् ।

manish-koiralaसाथै मनिषाले समय मिलेपछि सन्यासी हुने समेत खुलाएकी थिइन् । मनिषा जनवरी ५ बाट सुरु १० दिने महारुद्र यज्ञमा सहभागी भएकी हुन् ।

सन् २०१२ मा गर्भाशयको क्यान्सरवाट थलिएकी मनिषा त्यसको सफल उपचारपछि धर्मकर्ममा बढी नै आशक्त देखिन थालेकी छिन् ।

उनी निरन्तरजसो धार्मिक कार्यक्रममा सहभागी हुँदै आएकी छन् । यसअघि हरिद्वार तथा उज्जैनमा सम्पन्न धार्मिक कार्यक्रममा मनिषा सहभागी थिइन् ।

 

साभार:अनलाइन खबर

प्रतिक्रिया