कबिता “त्यो दिन”

इनेप्लिज २०७३ पुष २० गते ११:३४ मा प्रकाशित

ishwari gautam

जीवन देखि अत्तालिएको
मान्छे म
छटपटाई रहेछु ।

भाग्यलाई पछयाउदै
हिडेको यात्री म
नथाकी हिडी रहेछु
त्यो दिनको
आशा मा
आउछ भनेर।

समयको शरणार्थी हु
मैले कहिल्यै
लक्ष्य छुनै सकिन्
तर पनि ममा
साहस ताजै छ ।

उत्साह र उमङ्ग
जिबित छ मनभित्र
त्यो दिन अबश्य
मेरो सामु निहुरियेर
आउनेछ धपक्क बलेर ।

जब त्यो दिन
हात पर्नेछ
मेरो जीवन
सार्थक बन्नेछ ।

त्यसपछि मेरो
जीवनले प्रगतिको
शिखर चुम्नेछ
पुनः भुइँमा नखस्ने गरी ।

प्रतिक्रिया