नब मोडल प्रिया पाण्डे मोडलिङमा प्रबेश गर्दै, कस्तो होला उनको मोडलिङ मोह ?

इनेप्लिज २०७३ पुष १९ गते १२:४८ मा प्रकाशित

15841657_244728192606363_382765449_n

सुर्य चन्द काठमाडौँ: दैनिक सयौ युवा युवतीहरु मोडलिङलाइ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका छन l नेपालीहरुको राजधानी शहर काठमाडौँ, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l

त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल प्रिया पाण्डे अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा पोख्त प्रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो, हेर्दा लाग्छ उनी कुनै सुपर स्टार नायिका हुन l उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l काठमाडौँमानै जन्मेर हुर्केकी प्रिया हेर्दा पनि आकर्षित छिन, सधै हासीरहने शालीन स्वभाबकि मोडल प्रिया पाण्डे यदि कसै बाट राम्रो म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन l सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने प्रिया अभिनयमा पनि आफु लाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l

मोडल प्रियाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।मोडलिङ क्षेत्रमा भएको कुरीति र कुसंस्कारलाइ चिर्दै ब्यबसायिक मोडललाइ अगाडी बढाउने उनको सोच छ l परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी प्रियालाई हाम्रो तर्फ बाट पनि अग्रिम शुभकामना l

15879151_244729032606279_747270038_n 15870814_244721569273692_1170417855_n 15870487_244729342606248_77436831_n 15870429_244729219272927_1290853584_n 15841657_244728192606363_382765449_n 15493920_236541146758401_2084473584_n 14440700_200245647054618_7636290922212369476_n 13102863_1712662975666730_4405902795525735001_n

प्रतिक्रिया