टोपी नेपाली हो ? अनि धोती नि ?

इनेप्लिज २०७३ पुष १७ गते १३:१६ मा प्रकाशित

bimal-nepal

नेपालीहरुले अन्य पहिरनको तुलानामा टोपीलाई अति नै महत्व दिएको पाइन्छ l मानौ टोपी हाम्रो ‘अस्तित्व’ हो l भारतीय नेपालीहरुले पनि टोपीलाई आफ्नो मौलिक पहिचान ठान्दछन l टोपी नेपाली पहिचान हो कि होइन, इतिहास कोट्ट्यायो भने सोच्नु पर्ने हुन्छ l

करिब दुइ सय पचास बर्ष अगाडी नेपाल मा टोपी लगाउने चलन थिएन. घरबुना धोति कछाड र फेटा को चलन थियो, हातले सिलाएर लाउने l गाउँ घर तिर त नसिलाई गाँठा पारेर समेत लुगा लगाउथे अधिकांश गरिब नेपाली हरु l जबकी पश्चिम मा औद्योगिक क्रान्ति भएर दुनिया आधुनिक भैसकेको थियो, संसार भरि रेल दौडिई सकेको र बेलायतले आधा संसारमा राज गरेको थियो यो बेला l नेपाल भने बाहिरी दुनिया सित बेखबर थियो l

करिब २०० – २५० बर्ष अगाडी लखनउबाट केहि मुस्लिम व्यापारीहरु नेपाल आए व्यापार गर्न l उनीहरुले चुरा-पोते, सिरक-डसना, मुस्लिम संस्कृतिका लुगा-फाटोको साथमा टोपी पनि ल्याएर बेच्न थाले l पछि टोपी र अन्य लुगा-फाटो नेपालमा नै बनाउन थालियो l

हाल हामीले आफ्नै ठानेको भादगाउँले र ढाका को टोपी अरब, इरान, ईजिप्ट, अफगानिस्तान, भारत, इन्डोनेशिया लगाएत का मुस्लिम संस्कृतिमा सताब्दियौं देखि प्रचलनमा छन l जसरि हामिले बेलायती कोट, अमेरिकी जिन र भारतीय धोतिलाई अपनायौं l त्यसरी नै टोपीलाई मुस्लिम संस्कृतिबाट नेपालमा अपनाएका हौँ l जुन स्वाभाविक हो र नराम्रो कुरा होइन l

‘आफ्नो भाषा, आफ्नो भेष’ बेलायती उपनिवेशको पतन पछि निकै पपुलर नारा भयो l हरेक देशमा अब बिश्व एक गाउँ जस्तॊ भएको छ l संस्कृति एकै हुदैछ हरेक देशमा l भेषभुषा, खानपान, गीत-संगीत कला अनि भाषा संसार का हरेक देशमा करीब करिब उस्तै हुदै गइरहेका छन l हरेक देशका नया पुस्ताको लाइफ स्टाइल, रुचि र भाषामा समानता छ l यो कसैले रोकेर रोकिन्न l जीवन र संस्कृति परिवर्तनशील छ l

जापानको राष्ट्रिय पोशाक के ? चीन, भारत लगाएत संसारका अधिकांश देशले अन्तर्राष्ट्रिय पोशाकलाई एडप्ट गरिसके. केवल अफगानिस्तान, भुटान, नेपाल, ईथियोपिया लगाएत केहि पिछिडिएका एशियाई र अफ्रिकी मुलुकहरु ‘आफ्नो भाषा,आफ्नो भेष’ को रतिमा रमाएका छन् l

अब हामीले पनि सोच्नेकी ? #SAARC #topi #nepal #nepali #टोपी

प्रतिक्रिया