एनआरएनए केन्या द्वारा कोषाध्यक्ष हिक्मत थापाको स्वागतमा कार्यक्रम

इनेप्लिज २०७३ पुष १५ गते १७:५० मा प्रकाशित

img_7638

नैरोबी ,केन्या | गैर आबासिय नेपाली संघ , राष्ट्रिय समन्वय समिती केन्याले केन्या भ्रमणमा रहनु भएका एनआरएनए  कोषाध्यक्ष हिक्मत थापाको सम्मानमा एक स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ |

कार्यक्रममा भर्खरै तान्जानिया एनआरएनए अफ्रिका बैठकमा पारित पुर्बी अफ्रिकाका लागी नैरोबीमा नेपालको दुतावश स्थापना गर्न एनआरएनए मार्फत आबश्यक पहल गर्न थापालाई आग्रह गरिएको थियो |

कार्यक्रममा एनआरएनए अफ्रिका संयोजक सुनिल कार्की , आईसिसी सदस्य निरज श्रेष्ठ (अष्ट्रेलिया ),पुर्ब आईसिसी सदस्य
कुल कार्की(केन्या),मन थापा (नाइजेरिया ), केन्या अध्यक्ष राम चन्द्र बस्याल ,उपाध्यक्ष प्रकाश जङ्ग रायमाझी , महासचिव कृष्ण दत्त भट्ट, सचिब बिष्णु कार्की, एनसिसी नाइजेरियाका सदस्य बिश्वास पौडेल र अन्जु पौडेल लगाएतको  सहभागिता थियो ।

प्रतिक्रिया